शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानी र नामाकरण सहमतिमा : मुख्यमन्त्री राई

शनिबार, २९ वैशाख २०७५, १९ : २१
शनिबार, २९ वैशाख २०७५

उदयपुर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण र राजधानी सबैको सहमतिबाट निर्धारण गरिने बताउनुभएको छ । 

गाईघाटमा प्रेस सेन्टर नेपाल तथा प्रेस चौतारी नेपाल, उदयपुरले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेनमा मुख्यमन्त्री राईले भने, “प्रदेश सरकारले आगामी जेठ १५ सम्म प्रदेशको राजधानी कहाँ राख्ने र नाम के राख्ने भन्ने कुरा सहमतिबाट नै टुंगो लगाउनेछ ।” 

प्रदेशको नाम र राजधानीबारे सहमतिका लागि सबै पक्षसँग वार्ता र छलफल भइरहेको उनको भनाइ थियो । 

प्रदेश सरकारले धेरै काम गरेर अगाडि बढाइरहेको बताउँदै उनले अहिलेसम्म प्रदेशसभाले ११ वटा कानुन बनाइसकेको स्पष्ट पारे । 

प्रदेश नं. १ प्राकृतिक स्रोत र साधन भएको प्रदेश भएकाले यी स्रोत र साधन प्रचुर मात्रामा प्रयोग गर्ने तयारीका लागि गृहकार्य थालेको मुख्यमन्त्री राईले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप