बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सभागृहमा मोदीको सम्बोधन : नेपालको विकासको चढावमा ‘शेर्पा’ बन्नेदेखि आइपीएलमा सन्दीपसम्मको चर्चा

शनिबार, २९ वैशाख २०७५, १८ : ३८
शनिबार, २९ वैशाख २०७५

छिमेकी र मित्र राष्ट्र नेपालका महामहिम विदेश मन्त्री श्रीमान् प्रदिप ज्ञवाली

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरनाथ पौडेलज्यू

काठमाडौँका महामहिम विद्यासुन्दर शाक्य ज्यू साथै उपस्थित सबैलाई मेरो विनम्र नमस्कार । 

काठमाडौंको यस राीष्ट्रय सभागृहमा उपस्थित तपाईंहरु सबैलाई हार्दिक अभिन्दन पनि गर्दछु । कृपया स्विकार गर्नु होला । 

शाक्यजी तपाईं र काठमाडौँ महानगरपालिकाले मेरो लागि यो स्वागत कार्यक्रमको आयोजना गर्नुभएको छ । यसका लागि म हृदय देखिनै तपाईहरु सबैको आभारी छु । यो मात्र मेरो होइन पुरै भारतको सम्मान हो । म मात्र होइन सबा सौ भारतीय पनि कृतज्ञ छन् । काठमाडौंबाट र नेपालबाट हरेक भारतीयको एउटा आफ्नोपनको नाता छ र यो सौभाग्य मलाई पनि प्राप्त भएको छ । 

म जति बेला पनि नेपाल आउँछु र त्यति बेला मलाई शान्ति र आत्मियताको अनुभूति हुन्छ । र, यसको सबैभन्दा ठूलो कारण तपाईहरुको माया हो । तपाईहरुको स्वागत सत्कार र सम्मान हो । 

हिजो म जनकपुर थिएँ । आजको दिनमा जनकपुरले निकै ठूलो सन्देश दिन्छ कि राजा जनकले शस्त्रलाई तोडाइदिए र स्नेहसँग जोडाइदिए । यो यस्तो धरती हो जसले शस्त्रलाई तोडेर स्नेहसँग जोड्छ । 

साथीहरु जति बेला पनि म काठमाडौको बरोमा सोच्छु जुन छवि मेरो मस्तिस्कमा आउँछ त्यो छवि मात्र एउटा शहर र भौगोलिक उपत्यकाको मात्र होइन, हाम्रो अभिन्न छिमेकको राजधानी मात्र होइन, भगवान बुद्धको जन्मस्थलको राजधानी  मात्र होइन, सगरमाथाको देश–लालिगुराँसको देशको मात्र राजधानी होइन, काठमाडौं आफैमा एउटा पुरै दुनिया र यस दुनियाको इतिहास त्यति नै पुरानो त्यति नै भव्य र त्यति नै विशाल छ । जति पुरानो इतिहास हिमालको छ ।

मलाई काठमाडौंले नेपालले सधैँ आकर्षित गर्यो । किनभने यो शहर जति गहन छ त्यति नै गतिमान पनि छ । हिमालयको काखमा बसेको अनमोल रत्न हो । काठमाडौं मात्र काष्ठ अर्थात् काठको मण्डवमात्र होइन यो हाम्रो साझा संस्कृति र विरासतको दिव्य भव्य महल हो । यस शहरको विविधतामा नेपालको महान विरासत र त्यसको ठुलो मनको झलक भेटिन्छ । नाकागर्जुनको जंगल  होस अथवा शिवपुरीको पहाड । सयौँ छहरा र जलधाराको शितलता होस अथवा वागमतीको उद्गम हजारौँ मन्दिर मन्जुश्रीको गुम्बा र बौद्ध विहारको यो शहर दुनियाँमा आफैमा अनौठो छ । घरहरुको छतबाट एकातर्फ धौलागिरी र अन्नपूर्ण र अर्कोतिर सगरमाथा जसलाई दुनियाले एभरेस्टको नामले जान्दछ र कञ्चनजंगा देखिन्छ । यस्तो कहाँ सम्भव छ ? यदि सम्भव छ भने मात्र र मात्र काठमाडौंमा बसन्तुपुरको डबली र पाटनको प्रतिष्ठा, भक्तपुरको भव्यता किर्तिपुरको कला ललितपुरको लालित्य । काठमाडौँले आफैमा इन्ध्रधनुषले आफ्नो रंग आफैमा समेटे जस्तो छ । यहाँको हावामा निकै धेरै परम्परामा यसरी मिसिएको छ, जस्तो कि चन्दनमा रोली ।

पशुपतिनाथमा भक्तहरुको भिड, स्वयम्भुको सिढीमा सबै हिँड्ने कुरा, बौद्धमा हिँड्दै गरेकाहरुको पाइला–पाइलामा ओम माने पद्मे हुँ छ । यसको धुन यस्तो लाग्छ जस्तो सबै ताराहरुमा सरगमको सुर अंगालो हालेका छन् । केही चाडहरु जस्तै नेवारी समुदायको तिहार जसमा बौद्ध र हिन्दु मान्यताहरु र परम्पराको अभुतपुर्व संगम छ । परम्परा र संस्कृतिले काठमाडौँको हस्तकला र कलाकारहरुलाई झनै बेजोड बनाइदिएको छ । भक्तपुरको माटोबाट बनेको भाँडा होस् अथवा पाटनमा ढुंगा, काठ र धातुको काम होस्, नेपालको बेजोड कला र कलाकारिताको यो महाकुम्भ हो । र, महाकुम्भ हो काठमाडौं । मलाई विश्वास छ यहाँको युवा पिढी यहाँको परम्परालाई निकै श्रद्धाका निभाइरहेको छ । र, त्यसमा परिवर्तन गरेर समय अनुकुल पछिल्लो दुई यात्रामा मलाई पशुपतिनाथको दर्शनको अवसर प्राप्त भएको थियोे । 

यस यात्रामा मलाई भगवान पशुपतिनाथका अलावा पवित्र जनकपुर धाम र मुक्तिनाथ जाने अवसर प्राप्त भयो । यी तिनै पवित्रस्थल मात्र महत्वपूर्ण तिर्थ स्थलमात्र होइन । यो भारत र नेपालको अडिग र अटुट सम्बन्धको हिमालय हो । आगामी दिनमा जहिले पनि म नेपाल आउने छु म समय निकाले र भगवान बुद्धको जन्मस्थल लुम्बीनी जाने कार्यक्रम तय गर्नेछु ।

साथीहरु शान्ति, प्रकृतिका साथ सन्तुलन र आध्यात्मीक जीवनका मूल्यहरुबाट परिपूर्ण हाम्रा दुबै देशका  ‘भ्यालु सिस्सटम’ यो पुरै मानवजातिको संस्कृति अनमोल धरोहर हो । र यो कुनै आश्चर्यको कुरा होइन कि पुरै दुनियाबाट मानिसहरु शान्तिको खोजमा भारत र नेपालतिर तानिएर आउँछन् । कोही बनारस जान्छ त कोही बोधगया । कोही हिमालयको काखमा गएर रहन्छ भने त कोही बुद्धको विहारहरुमा । साधना एकै छ । खोज एउटै हो । आधुनिक बेचैनीको समाधान भारत र नेपालका साझा मूल्यहरुमा पाइन्छ । 

साथीहरु वागमतिको किनारमा काठमाडौँमा पशुपतिनाथ र गंगाको किनारमा काशी विश्वनाथ बद्धको जन्मस्थल लुम्बिनी । तपस्थली बोधगया र सन्देश क्षेत्र सारनाथ । साथीहरु हामीहरु हजारौँ बर्षदेखि साझा विरासतको धनी छौँ ।  हाम्रो यो साझा विरासत दुबै देशको युवा पुस्ताको सम्पत्ति हो । यसमा उनीहरुको अतितको जरा वर्तमान र विज र भविष्यको अंकुर छ । 

साथीहरु पुरै विश्वमा अनेकौँ परिवर्तनको दौर चलिहरेको छ । वैश्ववीक वातावरण अनेक अस्थिरताहरुले भरिएको छ । साथीहरु बसुधैव कुटुम्ब अर्थात सारा विश्व एक परिवार हो, यो भारतको दर्शन हो । सबैको साथ सबैको विकास हामी आफ्नो विदेश सहयोगमा पनि त्यति नै पवित्राका साथ अघि बढाइरहेका छौँ । भारतीय शास्त्रहरुमा प्राथना छ – सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामय सर्वे भद्राणी पश्चन्तु मा कस्चवेदी भाग्यवेद अर्थात सबै प्रसन्न होउन्, सबै स्वस्थ्य होउन्, सबैको कल्याण होस्, कसैलाई दुःख नहोस् । यस आदर्शलाई प्राप्त गर्नका लागि हाम्रो विदेश नीति सबैलाई सँगै लिएर हिँड्नेमा आधारित छ । खास गरी छिमेकीमा भारतको अनुभव र भारतको अवसरलाई साझा गर्छौँ । नेबरहुड फस्ट हाम्रो संस्कृतिमा मात्र विदेश नीतिमात्र होइन जीवन शैली छ । 

स्वयम् विकासशील हुँदाहुँदै पनि भारतले ५० बर्षभन्दा पनि धेरै बर्षदेखि इन्डियन टेक्नीकल एण्ड टेक्नोलोजी कार्यक्रम अन्तर्गत १६० भन्दा धेरै देशहरुमा क्यापिसीटी विल्डिङका लागि सहयोग गर्दै आएका छौँ । पछिल्लो बर्ष मात्रै भारतले एउटा साउथ एशिया उपग्रह छोड्यो । यसले हाम्रो अन्तरिक्ष क्षमताको सूपरिणाम हाम्रा छिमेकी मुलुकहरुमा उपहार स्वरुप भैरहेका छन् । र, यसै सभामञ्चमा जब सार्क समिटका लागि म आएको थिएँ,  मैले यसै मञ्चबाट यस कुराको घोषणा गरेको थिए । हामीले के कुरामा पनि ध्यान दिइरहेका छौँ भने कि विश्वका सामुन्ने जुन ठूला चुनौतीहरु छन् जबबाट जुन सुकै देश एक्लै सामना गर्न सक्दैन । उनीहरुको सामना गर्नका लागि हामीले कसरी अन्तर्राष्ट्रिय साझेदारीको विकास गर्ने  ? जस्तै हामीले क्लाईमेन्ट चेन्जका प्रयास गर्यौँ । त्यो एउटा क्रान्तिकारी कदम हामीले एउटा सफल प्रयोगमा फेरिएको छ । यसैबर्ष मार्चमा फ्रान्सका राष्ट्रपति र अन्य ५० मुलुकका नेताहरुले मिलेर दिल्लीमा इन्टरनेशनल सोलार एलाईन्सको पहिलो समिटमा भाग लियौँ  । यस्तो प्रयासबाट कलाईमेन्ट चेन्ज जस्ता चुनौतीहरुको सामना गर्नका लािग टेक्नोलोजिकल तथा आर्थिक साझेदारिहरु विकास गर्नमा मलाई विश्वास छ ठुलो सहयोग पुग्नेछ ।

साथीहरु जति बेला भारतीयहरुले नेपालतिर हेर्छौँ त्यतिबेला नेपाललाई हेरेर नेपालको माहौललाई हेरेर  निकै खुसी मिल्छ । नेपालमा आशा र उज्वल भविष्यको लोकतन्त्रको मजबुति र समृद्ध नेपालको र सुखी नेपालीको भिजन छ । यस माहौललाई बनाउनमा तपाईहरु सबैको निकै ठूलो योगदान छ । 

सन् २०१५ को भूकम्पको भयावह पछि नेपाल र विशेषरुपले काठामाडौँका मान्छेहरुले धैर्यता र अदम्य शाहसको परिचय दिएका छन् । त्यो विश्वका सामु दिइएको उच्चतम उदाहरण हो । यो तपाईहरुको दृढ निष्ठा र कर्मठताको परिचय हो । कि यति छोटो समयमा पनि एउटा नयाँ व्यवस्थाको घरहरुकोमात्र होइन समाजको पनि पुनरनिर्माण गर्नु भएको छ । भुकम्पपछि आज नेपालमा तीनै स्तरमा लोकत्रान्त्रिक सरकार छन् र यो सबै काम तपाईंहरुले एक वर्ष भित्र गर्नु भएको छ । यो शक्ति तपाईंहरुभित्र अन्तरनिहित छ यसका लागि म तपाईंहरुको हृदयदेखि नै अभिनन्दन गर्छु ।

नेपालले युद्धबाट बुद्धको लामो सफर तय गरेको छ । बुलेटको बोलबाला थियो बुलेटलाई छोडेर ब्यालेटको बाटोललाई चुने । यो बुद्धबाट बैलेटको प्रक्रिया हो । तर गन्तब्य अझै लामो छ । अझै धेरै टाढासम्म जानु छ । एक प्रकारले भन्ने हो भने अब हामी सगरमाथाको बेसक्याम पुगिसकेका छौँ । तर शिखरको चढाइगर्नु बाँकी छ । जसरी पर्वातोरोहीलाई नेपालका शोर्पाहरुको साथ र समर्थन चाहिन्छ यो नेपालको यो विकासका लागि भारतले त्यही शेर्पाको जस्तै साथ दिनेछ । पछिल्लो वर्ष ओलीजीको भारत यात्रामा र हिजो र आजको यो नेपालको यो यात्रामा मेरो यही भावना मैले भिन्दाभिन्दै शब्दमा व्यक्त गरेको हो । नेपाल आफ्नो आवश्यकता र प्राथमिकताहरुको अनुसार अघि बढोस् म निकै जिम्मेवारीका साथ भन्दैछु । तपाईहरुको सफलताका लागि भारत सधै नेपालसँग काँधमा काँध मिलाएर अघि बढ्ने छ । तपाईको सफलतामा नै भारतको सफलता हो । नेपालको खुसीमा नै भारतको खुसी छ । काम चाहे त्यो रेलवेको होस् अथवा सडक होस् हाईडोपावर अथवा जे सुकै होस् पाइपलाइनकै होस अथवा भारत र नेपालका जनताका बीचको सम्बन्धको सांस्कृतिक आदान प्रदान होस् तपाईहरुको आवश्यकतामा हामी साथ छौँ र रहनौँ छौँ । भारतले काठमाडौंलाई रेलसँग जोडने डिपीआरको काम गर्न शुरु गरिसकेको छ । नेपालमा कति चर्चा छ थाहा छैन तर भारतमा आईपीएलको चर्चा छ र नेपाल पनि आईपीएलमा जोडिएको छ । 

मलाई भनिएको पहिलो पटक नोपलको युवा खेलाडी सन्दीप लामिाछाने आईपीएलमा भाग लिई रहेको छ । म आशा गुर्छ आउने दिनहरुमा हाम्रो जनता जनता बीचको सम्बनध मजबुत हुनेछ । साथीहरु यीनै शब्दका साथ काठमाडौंको मेयर श्रीमान शाक्य नोपल सरकारको, मुख्यमन्त्रीको, विदेशमन्त्रीको र तपाईहरु सबैको हृदयदेखि आभार प्रकट गुर्छ । र हृदयको त्यही भाग हो जुन तपाईको मनमा छ । त्यहि मेरो मनमा छ जुन हरेक नेपालीको मनमा छ । त्यहि हरेक भारतीयको मनमा छ । त्यो के हो भने नेपाल भारत मित्रता अमर रहोस् । नेपाल भारत मित्रता अमर रहोस् । नेपाल भारत मित्रता अमर रहोस् ।
धेरै धेरै धन्यवाद ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप