सरकारले भन्यो–मोदीको भ्रमण सफल र ऐतिहासिक
काठमाडौँ–सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण धैरै हिसाबले सफल, ऐतिहासिक र सम्झनलायक भएको जनाएको छ ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मोदीको भ्रमण इतिहासको एक महत्वपूर्ण मोड सावित भएको बताएका छन् ।
प्रधानमन्त्री मोदीको आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले भ्रमणपछि सदियौँ पुरानो सम्बन्ध अझै सुदृढ रहने र अझ फराकिलो पार्न, सहयोगका नयाँ क्षेत्र पहिचान गर्न तथा विगतका सहमतिलाई प्रभावकारी कार्यान्वयनका बारेमा ठोस प्रगति हुने गरी निर्णय गरिएको जानकारी दिए ।
उनले नयाँ समझदारीका क्षेत्रहरु रेल्वे, जलमार्ग र कृषिमा साझेदारी तथा विगतका सहमतिमा ठोस प्रगति हुने गरी आगामी सेप्टेम्बरसम्म काम गर्ने समयसीमा निर्धारणको समझदारी भएको पनि उल्लेख गरे ।
प्रधानमन्त्री मोदीको भ्रमणले धार्मिक र पर्यटकीय स्थल जनकपुर र मुक्तिनाथको भ्रमण गरेर पर्यटकीय महत्व र जनस्तरको सम्बन्ध मजबुद बनाउन भूमिका खेलेको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण