शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भैंसीको सुन्दरीको पनि सुन्दरी प्रतियोगिता ! मिठुमाया दंग

शनिबार, २९ वैशाख २०७५, १७ : २४
शनिबार, २९ वैशाख २०७५

इटहरी । नेपालको पहिलो भैंसी सुन्दरीको उपाधि हिरा नामको भैंसीलाई दिइएको छ  । 
इटहरीमा आयोजना गरिएको भैंसी सुन्दरी प्रतियोगिता ३८ जना भैंसीलाई उछिन्दै मिठूमाया कार्कीले पालन गरेको हिरा नाम गरेको भैसीले उपाधि पाएको हो ।  आफ्नो भैंसीले उत्कृष्टको पुरस्कार पाउँदा  मिठुमाया दंग छिन् ।
बातावरण तथा पर्याबरण संरक्षण केन्द्र इटहरीले आयोजना गरेको प्रतियोगितामा मिठूमायाको भैंसीका लागि  ११ हजार रुपियाँ नगद सहित निःशु्ल्क बिमाको अवसर दिइएको छ । 

भैसी पालक किसानहरुलाई प्रोसाहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा नरबहादुर कार्कीले पालन गरेको चम्पा नामको भैसीललाई दोस्रो उपाधी सहित ९ हजार तथा तेस्रो हुने किसान बेधनिधी दाहालको काली नामकी भैसीलाई ५ हजार रुपियाँ पुरस्कार दिइयो । 

 यस्तै किसान हरिप्रसाद नेपालको काली नाम गरेकै भैसीलाई ३५ सय रुपियाँ तथा पाँचौ हुने किसान नारायणबहादुर बुढाथोकीको काली नामकै भेसीलाई २५ सय रुपियाँ नगद पुरस्कार दिइयो । 
 प्रतियोगितामा बिजयी  सबै भैसीको आयोजनकले बीमाको अवसर समेत उपलब्ध गराएको छ । 

प्रतियोगितालाई राष्ट्रिय भैसी अनुसन्धान केन्दैका भैसी बैज्ञानिक पवनकुमार झा, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. शिवनाथ महतो डा. विष्णुप्रसाद कुसवाहा र प्राविधिक राजेश पौडेलको निर्णायक टोलीले उत्कृष्ट भैंसीको छनोट गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप