सभागृहमा मोदीको अभिनन्दन, बाल्मिकीबाट बेलुनमा उड्यो कालो झण्डा (फोटाे/भिडियो)

काठमाडौं– राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको आयोजनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन हुँदै गर्दा विद्यार्थीको एक समूह बाल्मिकी क्याम्पसमा थिए ।
त्यहीबाट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा भारतीय प्रधानमन्त्री मोदी विरुद्ध कालो झण्डा प्रदर्शन गरेका छन् ।
नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिका अध्यक्ष समेत रहेका हरि आचार्य, सिजर भट्ट समेतका विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री मोदीलाई ‘नाकाबन्दीका लागि माफी माग’ भन्दै बेलुनमा बाँधेर कालो झण्डा उडाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली लाई ‘लम्पसारबादी’ को संज्ञा दिँदै उनीहरुले भारतीय प्रधानमन्त्री मोदीलाई ‘मानवताविरोधी’ भनेका छन् । २०७२ असोजमा भारतले लगाएको नाकाबन्दीका कारण नेपाली जनताले ठूलो सास्ति भोगेका थिए ।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उच्च ओहदाको पाहुनाको रुपमा सधै सम्मान गछौं’ कालो झण्डा उडाउनेमध्येका हरि अचार्यले रातोपाटीसँग भने, ‘तर, हामी नाकाबन्दीको पीडालाई कहिल्यै भुल्ने छैनौं, त्यसकै विरोधमा कालो झण्डा उडाएका हौं ।’
कालोझण्डा उठाएको थाहा पाएसँगै प्रहरीले उनीहरुलाई नियन्त्रणको प्रयास गरेपनि भाग्न सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
-
लर्ड्समा नेपाली क्रिकेट टोलीले निकालेको त्यो ऐतिहासिक जीत
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
कोशी प्रदेशका मन्त्रीले किन कुटे एकीकृत समाजवादीका नेता ?
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू