२ दिने भ्रमण पुरा गरी भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता
काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
शुक्रबार बिहान साढे १० बजे जनकपुर आएर नेपाल भ्रमण सुरु गरेका मोदीले विभिन्न धार्मिक स्थानमा पूजापाठ गर्नुका साथै महत्वपूर्ण राजनीतिक भेटघाट गरी शनिवार अपराह्न पौने पाँच बजे स्वदेश फर्किएका हुन् ।
शुक्रबार जनकपुर स्थित जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूजा गरेका उनी सोही दिन काठमाडौं आएका थिए ।
काठमाडौंको द्धारिका होटलमा दुई देशका प्रधानमन्त्री बीच छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीले संयूक्त रुपमा अरुण तेश्रो जलबिदुत आयोजनाको शिल्यान्यास समेत गरेका थिए ।
नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले विभिन्न धार्मिक स्थलमा गएर पूजापाठ समेत गरेका थिए ।
पहिलो दिन जानकी मन्दिरमा पूजापाठ गरेका उनले दोश्रो दिन मुक्तिनाथ र पशुपतिनाथको मन्दिरमा पूजाअर्चना गरेका थिए । शुक्रबार जनपुरमा नागरिक अभिनन्दन गरिएका उनलाई आजै उनलाई काठमाडौं महानगरपालिकाले पनि नागरिक अभिनन्दन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण