बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको नागरिक अभिनन्दनमा किन सहभागि भएनन् माओवादी मन्त्री ?

शनिबार, २९ वैशाख २०७५, १६ : ५१
शनिबार, २९ वैशाख २०७५

 काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा नेकपा माओवादी केन्द्रका मन्त्रीहरु अनुपस्थित भएका छन् ।  

काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सबै मन्त्रीहरुलाई बोलाइएको भएपनि माओवादी मन्त्रीहरु असन्तुष्ट बन्दै सहभागि  नभएका हुन् । 

मोदीको नेपाल भ्रमणबारे माओवादी मन्त्रीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै परामर्श नगरेको तथा शुक्रबार ओली र मोदीबीच भएको अरुण तेस्रोको सिलन्यास कार्यक्रममा पनि विभागिय मन्त्रीलाई नै नबोलाइएपछि माओवादी केन्द्र असन्तुष्ट बनेको बताइएको छ । 

एक माओवादी मन्त्रीले मोदी भ्रमणमा ओलीले आफूहरुसँग कुनै परामर्श नगरेको गुनासो गरे । ‘गठबन्धन सरकार भएपनि मोदी भ्रमणबारे  हामी (माओवादीका मन्त्री) सँग कुनै छलफल र परामर्श गराउनु भएन। अरुण तेस्रोको सिलन्यास कार्यक्रममा  विभागित मन्त्रीलाई समेत बोलाउने काम भएन ।’

ऊर्जामन्त्री माओवादी केन्द्रका नेता वर्षमान पुन रहेका छन् । तर, शनिबार मोदी र ओलीले होटल हायातबाट आयोजनाको सिलन्यास गर्दा पुनलाई बोलाइएको थिएन । 

माओवादी मन्त्री अनुपस्थित कार्यक्रममा माेदीलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोदीलाई अभिनन्दन गरेका थिए । 

सो अवसरमा मोदीलाई शान्तिको प्रतिक बुद्धको ५५ किलोको मुर्ति पनि उपहार दिइएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप