राजपालाई मोदीको यस्तो सुझावः पहिला आफ्नो शक्ति बढाउनुस्
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसी दलहरुलाई एक भएर अघि बढ्न सुझाव दिएका छन् ।
मोदीलाई भेट्न होटल पुगेका राजपाका नेताहरुलाई मोदीले एक भएर अघि बढेमात्रै बलियो बन्न सकिने भन्दै त्यसमा गम्भीर बन्न सुझाव दिएका छन् ।
भेटमा सहभागि राजपा अध्यक्ष मण्डलका एक सदस्यका अनुसार राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई मोदीले सबै मधेसी दलहरु मिलेर आफ्नो शक्ति बढाउन सुझाव दिएका थिए ।
मोदीको भनाई उदृत गर्दै ती नेताले भने, ‘बाहिर जे जे भएपनि आफ्नो शक्ति बढाउनतर्फ लाग्नुस् । मधेसमा एकता गरेर अघि गरेर केन्द्रमा पनि प्रभाव बढाउनुस् । त्यसपछि तपाईहरु शक्तिशाली हुनुहुन्छ ।’
भेटका क्रममा ठाकुरले भने आफूहरु संविधान संशोधनलगायतका विषयमा संघर्षरत रहेको भन्दै यी समस्या समाधानमा केन्द्रीत रहेको बताएका थिए ।
प्रदेश नम्बर २ मा आफ्नै पार्टीको सरकार रहेको तथा केन्द्रमा पनि केपी ओली नेतृत्वको सरकारलाई समर्थन रहेको भन्दै ठाकुरले आफूहरुको माग सम्बोधन हुनेमा अझैं आशावादी रहेको बताएका थिए ।
यस्तै ठाकुरसहितका नेताहरुले जनकपुरलाई उच्च प्राथमिकता दिइ भ्रमण गरेकोमा मोदीलाई धन्यवाद समेत दिएका थिए ।
मोदीलाई भेट्न ठाकुरसहित राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी र महेन्द्र राय यादव होटल पुगेका थिए।
भेटका क्रममा राजपा नेताहरुले भारतबाट आफूहरुले सन्तुलित व्यवहार चाहेको समेत मोदीलाई ध्यानाकर्षण गराएका थिए ।
यसैबीच संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि मोदीलाई भेटेका छन् ।
सो क्रममा यादवले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन मोदीले खेलेको भूमिकाको प्रशंशा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण