मोदी भेट्न एक्लै होटल पुगे माओवादी अध्यक्ष प्रचण्ड !
शनिबार, २९ वैशाख २०७५, १४ : १६
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । प्रचण्ड भारतीय प्रधानमन्त्री मोदी भेट्न शनिबार दिउँसो उनी बसिरहेको होटल हायात पुगेका हुन् ।
पार्टीका कुनै नेताहरु नलिई एक्लै मोदी भेट्न पुगेका प्रचण्डले दुई देशबीचको सम्बन्ध सुधारमा मोदीले निकै राम्रो भूमिका खेलेको बताए ।
मोदीसँगको भेटमा आफूले विराटनगरमा रहेको भारतीय कार्यालय हटाउन ध्यानाकर्षण गराएको बताए । यस्तै सीमामा देखिएको समस्या समाधानमा पनि मोदीको ध्यानाकर्षण गराएको भेटपछि सञ्चारकर्मीहरुलाई जानकारी गराए ।
यसअघि कांग्रेस नेताहरु मोदी भेट्न सामूहिक रुपमा पुगेपनि प्रचण्ड भने एक्लै पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण