मोदी भेट्न एक्लै होटल पुगे माओवादी अध्यक्ष प्रचण्ड !
शनिबार, २९ वैशाख २०७५, १४ : १६

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । प्रचण्ड भारतीय प्रधानमन्त्री मोदी भेट्न शनिबार दिउँसो उनी बसिरहेको होटल हायात पुगेका हुन् ।
पार्टीका कुनै नेताहरु नलिई एक्लै मोदी भेट्न पुगेका प्रचण्डले दुई देशबीचको सम्बन्ध सुधारमा मोदीले निकै राम्रो भूमिका खेलेको बताए ।
मोदीसँगको भेटमा आफूले विराटनगरमा रहेको भारतीय कार्यालय हटाउन ध्यानाकर्षण गराएको बताए । यस्तै सीमामा देखिएको समस्या समाधानमा पनि मोदीको ध्यानाकर्षण गराएको भेटपछि सञ्चारकर्मीहरुलाई जानकारी गराए ।
यसअघि कांग्रेस नेताहरु मोदी भेट्न सामूहिक रुपमा पुगेपनि प्रचण्ड भने एक्लै पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने
-
हेटौंडामा बढ्दो सुरक्षा चुनौती, निसानामा व्यवसायीदेखि जनप्रतिनिधिसम्म
-
दिलभूषणलाई पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालय नै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा