बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

किम जोङ उन स्टाइलमा पशुपतिमा मोदीको इन्ट्री (फोटो)

शनिबार, २९ वैशाख २०७५, १४ : ००
शनिबार, २९ वैशाख २०७५

काठमाडौँ । केही समयअघि दुई कोरियाली राष्ट्रबीच भएको शिखर वार्ताका दौरान उत्तर कोरियाली नेता किम जोङ उनको सवारी वरीपरी दौडिएका सुरक्षाकर्मीको भिडियो निकै भाइरल बनेको थियो ।

शनिबार त्यस्तै दृश्य पशुपतिनाथ मन्दिरमा देखियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारी पशुपति नाथ मन्दिर परिसर पुग्दा उनको गाडीलाई तीनतर्फबाट सुरक्षाकर्मीहरुले घरेका थिए । 

उनको गाडीसँगसँगै उनीहरु पनि अघि बढ्दै थिए । फरक यतिमात्र थियो, किमका सुरक्षाकर्मीहरु दैडिदै थिए, यहाँ मोदीका सुरक्षाकर्मी हिँड्दै थिए ।

मोदी गाडीबाटै मन्दिर परिसरको द्वारसम्म पुगेका थिए जहाँ उनको स्वागतका लागि रातो कार्पेट बिच्छाइएको थियो । 

उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष रवीन्द्र अधिकारीले स्वागत गरेका थिए । उनको स्वागतमा कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कोष सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारीलगायत श्रद्धालु भक्तजनको उपस्थिति थियो । 

नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज पाशुपत क्षेत्र जानु भई हिन्दूहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा एवं दर्शन गरे । 

भारतीय प्रधानमन्त्री मोदीले पूजा आजा एवं दर्शनका क्रममा मन्दिर परिसरमा ५० मिनेट बिताएका थिए । प्रधानमन्त्री मोदीलाई नेपाल वेद विद्याश्रमका १०८ ब्राह्मण बटुकले स्वस्तिवाचन सहित मूल मन्दिरभित्र स्वागत गरेका थिए । उनले पशुपति दर्शन विधिअनुसार पशुपति परिसरका मन्दिरको दर्शन एवं पूजा गरी मूल मन्दिरमा वैदिक रुद्राभिषेकसहित विशेष पूजा गरे । मन्दिरका मूल भट्ट गणेश भट्टले पूजा गराएका थिए । 

मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । त्यसबेला पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्धारका लागि भारतीय रुपैयाँ रु २५ करोड, सरसफाइका लागि रु पाँच करोड सहयोग घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप