देउवासहितका कांग्रेस नेताहरु पुगे मोदी भेट्न होटल
शनिबार, २९ वैशाख २०७५, १३ : ४३
काठमाडौं– कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।
कांग्रेस नेताहरुले मोदीलाई उनी बसिरहेको होटलमै पुगेर भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्धका साथै आपसी चासोका विषयमा छलफल भएको थियो ।
सो क्रममा मोदीले भारतले नेपालमा आर्थिक समृद्धि भएको हेर्न चाहेको बताएका थिए । झण्डै २५ मिनेट भएको छलफलमा मोदीले देउवालाई गएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई समेत दिएका थिए । कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतले मोदीसाग सौहार्दपूर्ण वातावरणमा छलफल भएको जानकारी दिए ।
मोदीसँगको भेटमा मोदीलाई देउवासहित नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला र पूर्णबहादुर खड्का , प्रकाश शरण महत, कृष्ण सिटौलालगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण