देउवासहितका कांग्रेस नेताहरु पुगे मोदी भेट्न होटल
शनिबार, २९ वैशाख २०७५, १३ : ४३

काठमाडौं– कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।
कांग्रेस नेताहरुले मोदीलाई उनी बसिरहेको होटलमै पुगेर भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्धका साथै आपसी चासोका विषयमा छलफल भएको थियो ।
सो क्रममा मोदीले भारतले नेपालमा आर्थिक समृद्धि भएको हेर्न चाहेको बताएका थिए । झण्डै २५ मिनेट भएको छलफलमा मोदीले देउवालाई गएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई समेत दिएका थिए । कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतले मोदीसाग सौहार्दपूर्ण वातावरणमा छलफल भएको जानकारी दिए ।
मोदीसँगको भेटमा मोदीलाई देउवासहित नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला र पूर्णबहादुर खड्का , प्रकाश शरण महत, कृष्ण सिटौलालगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
कोशी प्रदेशका मन्त्रीले किन कुटे नेकपा एसका नेता ?
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू
-
प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?
-
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण