मोदीको नेपाल भ्रमण : विदेशबाट फर्किँदै गरेका ग्रेटर नेपालका अध्यक्ष विमानस्थलबाट पक्राउ
शनिबार, २९ वैशाख २०७५, १३ : १८

काठमाडौं– ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
विदेश भ्रमणबाट स्वदेश फर्किँदै गरेका उनलाई विमानस्थलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
उनले भारतविरोधी अभियान चलाउँदै आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उनले प्रदर्शन गर्न सक्ने सम्भावनालाई मध्यमनगर गर्दै पक्राउ गरिएको बताइएको छ ।
उनले सुगौली सन्धिबाट गुमेको नेपालको भूमि फिर्ता गराइनु पर्ने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू
-
प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?
-
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण
-
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि