पशुपतिनाथको दर्शन गरेपछि आगन्तुक पुस्तिकामा मोदीले यस्तो लेखे
शनिबार, २९ वैशाख २०७५, १३ : ०१

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि एक पटक पशुपतिनाथको दर्शन गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले पशुपतिनाथको मन्दिर भारत र नेपालका हिन्दु धर्मावलम्बीको साझा धार्मिक विरासतको प्रतिक भएको बताएका छन् ।
पशुपतिनाथको दर्शनपछि राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मोदीले आफ्नो दर्शनको व्यवस्थापन मिलाउने पशुपति क्षेत्र विकास कोष र नेपाल सरकारप्रति आभार समेत व्यक्त गरेका छन् ।
उनले मन्दिर परिसरमा भारतीय सहयोगमा बनिरहेको धर्मशालाबाट श्रद्धालुलाई सुविधा मिल्ने विश्वास पनि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
-
लर्ड्समा नेपाली क्रिकेट टोलीले निकालेको त्यो ऐतिहासिक जीत
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
कोशी प्रदेशका मन्त्रीले किन कुटे एकीकृत समाजवादीका नेता ?
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू