पशुपतिनाथको मन्दिरमा बिताए मोदीले ४८ मिनेट, गरे विशेष पूजा
काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान पशुपतिनाथमा विशेष पूजापाठ गरेका छन् । शनिबार बिहान मुक्तिनाथको दर्शन गरेर काठमाडौं फर्किएसँगै मोदी पशुपतिनाथको दर्शन गर्न पुगेका थिए ।
विशेष पूजा गर्ने क्रममा मोदीले पशुपतिनाथमा ४८ मिनेट बिताएका थिए ।
मोदी पशुपतिनाथको दर्शनका लागि पुग्दा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित कोषका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
विशेष पूजापछि मोदी बसिरहेको होटल ह्यायात तर्फ लागेका छन् ।
मोदीले यसअघि पनि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्वारका लागि भारतीय रुपैयाँ २५ करोड, सरसफाइका लागि रु पाँच करोड सहयोग घोषणा गरेका थिए ।
तर, त्यसबेलाको घोषणाको सहयोग मन्त्रालयले दिनुपर्ने अनुमतिको प्रक्रिया पूरा नभएकाले रोकिएको छ । सहयोगसम्बन्धी त्यो प्रस्ताव अहिले पनि अर्थ मन्त्रालयमा रोकिएको कोषले जनाएको छ ।
चार वर्षअघिको भारतीय प्रधानमन्त्री मोदीको पशुपतिनाथ मन्दिरमा भएको पूजाका अवसरमा १२ वर्ष अघिदेखि रोकिएको नेपाल–भारत मैत्री धर्मशाला निर्माणको बाटो खुला भयो । धर्मशाला निर्माण हाल अन्तिम चरणमा पुगेको छ । कोषले उपलब्ध गराएको १६ रोपनी जग्गामा भारत सरकारले तीन तारे होटलस्तरको धर्मशाला निर्माण गरिरहेको छ ।
धर्मशालामा ४०० जनाको क्षमता छ । धर्मशालाको निर्माणपछि पशुपतिमा विश्वका धार्मिक पर्यटकको संख्या बढ्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण