बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पुनर्वास नगरपालिकामा एमाले विजयी

सोमबार, २६ असार २०७४, ०९ : २५
सोमबार, २६ असार २०७४

भीमदत्तनगर  - कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का उम्मेदवार जीवनराज थापा छ हजार ४० मत प्राप्त गरी विजयी भएका छन् । 

उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर थापा पाँच हजार ५१४ मत र नेपाली काँग्रेसका उम्मेदवार तोयाप्रसाद शर्माले पाँच हजार ५१२ मत प्राप्त गर्नुभएको पुनर्वास नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार शारदा विष्ट छ हजार ३६६ मत ल्याएर विजयी भए । 

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार भुलिया राना पाँच हजार ३९१ मत प्राप्त गरे भने माओवादी केन्द्रका सीता विकले पाँच हजार ३५६ मत प्राप्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप