मोदीको बाजा मोह मुस्ताङमा पनि देखियो (भिडियो)

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमण जाँदा त्यहाँको परम्परागत बाजा बजाउने गरेका छन् ।
विभिन्न देशमा गएर उनले बाजा बजाएको भिडियो र तस्विर भाइरल बन्ने गरेका छन् ।
शनिबार बिहान मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर दर्शन गर्न पुगेका प्रधानमन्त्री मोदीले त्यहाँ पनि परम्परागत बाजा बजाएका छन् ।
यसअघि, जनकपुरस्थित जानकी मन्दिरमा पनि मोदी भजनमा सहभागी भएका थिए ।
जनकपुरमा मोदीको भजन (भिडियो)
नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन् ।
प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए । भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका थिए ।
भारतीय प्रधानमन्त्री करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहेका थिए। उनी आज बिहान पूजार्चनाका लागि विशेष हेलिकप्टरबाट मुक्तिनाथ पुगेका थिए । उनी आजै बिहान काठमाडौँ फिर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
कोशी प्रदेशका मन्त्रीले किन कुटे नेकपा एसका नेता ?
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू
-
प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?
-
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण