मोदीको बाजा मोह मुस्ताङमा पनि देखियो (भिडियो)
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमण जाँदा त्यहाँको परम्परागत बाजा बजाउने गरेका छन् ।
विभिन्न देशमा गएर उनले बाजा बजाएको भिडियो र तस्विर भाइरल बन्ने गरेका छन् ।
शनिबार बिहान मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर दर्शन गर्न पुगेका प्रधानमन्त्री मोदीले त्यहाँ पनि परम्परागत बाजा बजाएका छन् ।
यसअघि, जनकपुरस्थित जानकी मन्दिरमा पनि मोदी भजनमा सहभागी भएका थिए ।
जनकपुरमा मोदीको भजन (भिडियो)
नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन् ।
प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए । भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका थिए ।

भारतीय प्रधानमन्त्री करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहेका थिए। उनी आज बिहान पूजार्चनाका लागि विशेष हेलिकप्टरबाट मुक्तिनाथ पुगेका थिए । उनी आजै बिहान काठमाडौँ फिर्ता भएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण