मुक्तिनाथबाट मोदी काठमाडौंमा, यी रुटका यातायात अवरुद्ध

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन् ।
प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए ।
भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका हुन् ।
भारतीय प्रधानमन्त्री करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहेका थिए ।
उनी आज बिहान पूजार्चनाका लागि विशेष हेलिकप्टरबाट मुस्ताङ पुगेका हुन् ।
उनी बिहान काठमाडौँ फिर्ता भएका छन् ।
यसैबीच अबको केहि समयमा मोदीको सवारी हुने भएकाले एयरपोर्ट, तिलगंगा, गौशाला हुँदै चल्ने सवारी साधनहरु दुइतर्फी रुपमै प्रभावित ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीले सो रुट भएर चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।
मोदी आज दिउँसो काठमाडौं महानगरपालिकाले गर्ने नागरिक अभिनन्दनपछि स्वदेश फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?
-
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण
-
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि
-
तस्बिरमा संसद् बैठक : राप्रपाको बहिष्कारदेखि रास्वपाको पलेँटी कसेर विरोधसम्म
-
सञ्चारमन्त्रीको चेतावनी मेटाले टेरेन
-
डा. अमरेश सिंहले मागे कानुन मन्त्रीको कल डिटेल्स, सुशीलाले जनाइन् नियमापत्ति