मुक्तिनाथबाट मोदी काठमाडौंमा, यी रुटका यातायात अवरुद्ध
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन् ।
प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए ।
भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका हुन् ।
भारतीय प्रधानमन्त्री करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहेका थिए ।
उनी आज बिहान पूजार्चनाका लागि विशेष हेलिकप्टरबाट मुस्ताङ पुगेका हुन् ।
उनी बिहान काठमाडौँ फिर्ता भएका छन् ।
यसैबीच अबको केहि समयमा मोदीको सवारी हुने भएकाले एयरपोर्ट, तिलगंगा, गौशाला हुँदै चल्ने सवारी साधनहरु दुइतर्फी रुपमै प्रभावित ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीले सो रुट भएर चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।
मोदी आज दिउँसो काठमाडौं महानगरपालिकाले गर्ने नागरिक अभिनन्दनपछि स्वदेश फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण