मुक्तिनाथ दर्शन गरेर फर्किए मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथनाथ मन्दिर दर्शन गरेर राजधानी काठमाडौ फर्कदै छन् । मन्दिर दर्शनको लागि आज विहान मोदी मुस्ताङ गएका हुन् ।
उनलाई त्यहाँ प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायत वरिष्ठ अधिकारीले मोदीलाई स्वागत गरेका थिए ।
मोदीको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका थिए ।
त्यसलगत्तै मोदीले केहीबेर मुस्ताङको प्राकृतिक मनोरम दृश्यावलोकन गर्दै मन्दिर क्षेत्रमा प्रवेश गरेका थिए ।
दृश्यावलोकनको बेला मोदी निकै आनन्दको मुद्रामा देखिएका थिए । उनले आनन्दको महसुस गरिरहेका देखिन्थे ।
मोदीले केहीबेर आराम गरे । उनले वस्त्र परिवर्तन गरे । मोदी रातो कलरको ज्याकेटमा मन्दिर प्रवेश गरे ।
उनी काठमाडौ फर्किएलगत्तै विमानस्थलबाटै गौशालास्थित पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
कोशी प्रदेशका मन्त्रीले किन कुटे एकीकृत समाजवादीका नेता ?
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू
-
प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?