मुक्तिनाथ दर्शन गरेर फर्किए मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथनाथ मन्दिर दर्शन गरेर राजधानी काठमाडौ फर्कदै छन् । मन्दिर दर्शनको लागि आज विहान मोदी मुस्ताङ गएका हुन् ।
उनलाई त्यहाँ प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायत वरिष्ठ अधिकारीले मोदीलाई स्वागत गरेका थिए ।
मोदीको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका थिए ।
त्यसलगत्तै मोदीले केहीबेर मुस्ताङको प्राकृतिक मनोरम दृश्यावलोकन गर्दै मन्दिर क्षेत्रमा प्रवेश गरेका थिए ।
दृश्यावलोकनको बेला मोदी निकै आनन्दको मुद्रामा देखिएका थिए । उनले आनन्दको महसुस गरिरहेका देखिन्थे ।
मोदीले केहीबेर आराम गरे । उनले वस्त्र परिवर्तन गरे । मोदी रातो कलरको ज्याकेटमा मन्दिर प्रवेश गरे ।
उनी काठमाडौ फर्किएलगत्तै विमानस्थलबाटै गौशालास्थित पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण