बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यसरी मुक्तिनाथ मन्दिर प्रवेश गरे मोदी

शनिबार, २९ वैशाख २०७५, ०८ : ४६
शनिबार, २९ वैशाख २०७५

त्रिभुवन विमानस्थलबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनको लागि आज विहान मुस्ताङ प्रस्थान गरे । 

उनलाई त्यहाँ प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायत वरिष्ठ अधिकारीले मोदीलाई स्वागत गरेका थिए ।

मोदीको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका थिए । 

त्यसलगत्तै मोदीले केहीबेर मुस्ताङको प्राकृतिक मनोरम दृश्यावलोकन गर्दै मन्दिर क्षेत्रमा प्रवेश गरेका थिए ।  दृश्यावलोकनको बेला मोदी निकै आनन्दको मुद्रामा देखिएका थिए । उनले आनन्दको महसुस गरिरहेका थिए ।

मोदीले केहीबेर आराम गरे । उनले वस्त्र परिवर्तन गरे । मोदी रातो कलरको ज्याकेटमा  मन्दिर प्रवेश गरे ।

मन्दिर भित्र प्रवेश गर्नु अघि आनी र बटुककहरुले मोदीको स्वागत गरेका थिए । त्यसपछि मोदी मन्दिर भित्र पूजाआजाको लागि प्रवेश गरेका हुन् । उनले लगभग ३० मिनेट पूजाआजा गरे  । 

मोदीले मन्दिरमा भेटी पनि चढाएका छन् । पूजा सकेर मोदीले मन्दिरको परिक्रमा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप