मुक्तिनाथ पुगे मोदी, मुख्यमन्त्री गुरुङले गरे स्वागत
शनिबार, २९ वैशाख २०७५, ०८ : १४
मुस्ताङ - नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिर दर्शन तथा पूजा अर्चना गरेका छन् ।
मुक्तिनाथ दर्शनका लागि मोदी आज बिहान हेलिकप्टरमार्फत मुस्ताङ प्रसथान गरेका थिए । मुक्तिनाथ वरपरको सुरक्षा व्यवस्थामा निकै कडाइ गरिएको छ ।
मोदीलाई प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वागत गरेका छन् । मोदीको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका छन्।

मुस्ताङमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको प्रहरीले जनाएको छ । मुक्तिनाथ परिसर तल रहेको रानीपौवा बजारदेखि नै सुरक्षा जाँच कडा पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण