मुक्तिनाथ पुगे मोदी, मुख्यमन्त्री गुरुङले गरे स्वागत
शनिबार, २९ वैशाख २०७५, ०८ : १४
मुस्ताङ - नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिर दर्शन तथा पूजा अर्चना गरेका छन् ।
मुक्तिनाथ दर्शनका लागि मोदी आज बिहान हेलिकप्टरमार्फत मुस्ताङ प्रसथान गरेका थिए । मुक्तिनाथ वरपरको सुरक्षा व्यवस्थामा निकै कडाइ गरिएको छ ।
मोदीलाई प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वागत गरेका छन् । मोदीको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका छन्।
मुस्ताङमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको प्रहरीले जनाएको छ । मुक्तिनाथ परिसर तल रहेको रानीपौवा बजारदेखि नै सुरक्षा जाँच कडा पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू
-
प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?
-
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण
-
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि
-
तस्बिरमा संसद् बैठक : राप्रपाको बहिष्कारदेखि रास्वपाको पलेँटी कसेर विरोधसम्म