मुक्तिनाथ दर्शनको लागि मोदी मुस्ताङ प्रस्थान
शनिबार, २९ वैशाख २०७५, ०७ : ३९

काठमाडौं - दुई दिने राजकीय भ्रमणमा शुक्रबार नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान मुक्तिनाथ प्रस्थान गरेका छन् ।
मुक्तिनाथको दर्शन र पूजा आजका लागि मोदी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मुस्ताङ प्रस्थान गरेका हुन् ।
मोदी हेलिकोप्टरमार्फत मुस्ताङ प्रस्थान गरेका हुन् ।
मोदीले मुक्तिनाथमा केहीबेर पूजा अर्चना गर्नेछन् । त्यसलगत्तै काठमाडौं फर्किएर त्रिभुवन विमानस्थलबाट विशेष पूजाको लागि सिधै उनी पशुपतिनाथ मन्दिर जाने कार्यक्रम छ ।
दिउँसो मोदीलाई काठमाडौं महानगरपालिकाले नागरिक भिनन्दनसमेत गर्ने कार्यक्रम छ । मोदी आजै भारत फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू
-
प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?
-
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण
-
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि