राष्ट्रपति भण्डारीसँग भारतीय प्रधानमन्त्री मोदीको भेटवार्ता
शुक्रबार, २८ वैशाख २०७५, १९ : ३९
काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । शुक्रबार साँझ शीतल निवास पुगेर मोदीले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, नेपाल सरकार र भारत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले विज्ञप्तिमार्फत जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख तीन दलको बैठक स्थगित
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा