राष्ट्रपति भण्डारीसँग भारतीय प्रधानमन्त्री मोदीको भेटवार्ता
शुक्रबार, २८ वैशाख २०७५, १९ : ३९
काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । शुक्रबार साँझ शीतल निवास पुगेर मोदीले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, नेपाल सरकार र भारत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले विज्ञप्तिमार्फत जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण