बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको स्वागतका लागि चर्को घाममा विद्यार्थीलाई लाइन (फोटो)

शुक्रबार, २८ वैशाख २०७५, १७ : २२
शुक्रबार, २८ वैशाख २०७५

काठमाडौँ– शिक्षा विभागको निर्देशनविपरित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा विद्यालयका विद्यार्थीको प्रयोग गरेको पाइएको छ । मोदी काठमाडौं आउने क्रममा गौशाला क्षेत्रमा मोदीको स्वागतमा विद्यालयका विद्यार्थी प्रयोग गरेको पाइएको हो ।   यसअघि शिक्षा विभागले कुनै पनि कार्यक्रममा सहभागी हुन आउने अतिथिको स्वागतमा विद्यालयका छात्रछात्रालाई प्रयोग नगर्न निर्देशन दिएको थियो ।  केही समयअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरुलाई लामो समय कुराएपछि विभागले सवै जिल्लामा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको थियो ।

अतिथिको स्वागत गर्न विद्यार्थीलाई लाइनमा राख्ने, माला–खादा लगाउने र फूलगुच्छा दिन लगाउने गरेको पाइएकाले त्यस्ता कार्य रोक्न ताकेता गरिएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।  सरकारले २०६८ सालमा शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरेको थियो । तस्विरः सुवास श्रेष्ठ/लक्ष्मी श्रेष्ठ/रातोपाटी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप