मोदीको स्वागतका लागि चर्को घाममा विद्यार्थीलाई लाइन (फोटो)
काठमाडौँ– शिक्षा विभागको निर्देशनविपरित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा विद्यालयका विद्यार्थीको प्रयोग गरेको पाइएको छ । मोदी काठमाडौं आउने क्रममा गौशाला क्षेत्रमा मोदीको स्वागतमा विद्यालयका विद्यार्थी प्रयोग गरेको पाइएको हो । यसअघि शिक्षा विभागले कुनै पनि कार्यक्रममा सहभागी हुन आउने अतिथिको स्वागतमा विद्यालयका छात्रछात्रालाई प्रयोग नगर्न निर्देशन दिएको थियो । केही समयअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरुलाई लामो समय कुराएपछि विभागले सवै जिल्लामा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको थियो ।
अतिथिको स्वागत गर्न विद्यार्थीलाई लाइनमा राख्ने, माला–खादा लगाउने र फूलगुच्छा दिन लगाउने गरेको पाइएकाले त्यस्ता कार्य रोक्न ताकेता गरिएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए । सरकारले २०६८ सालमा शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरेको थियो । तस्विरः सुवास श्रेष्ठ/लक्ष्मी श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण