किर्ति आजादको ट्वीटमाथि गगनको टिप्पणी : मोदी बोल्नुपर्छ

काठमााडौं– नेपाली काँग्रेसका युवा नेता गगन थापाले भारतीय जनता पार्टीका सांसद किर्ती आजादको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् । भाजपाका सांसद तथा पूर्व क्रिकेटर आजादको धारणाप्रति आपत्ति जनाउँदै थापाले आजादलाई नेपाल –भारत सम्बन्धको इतिहास जानकारी नभएकोले यस्तो ट्विट आएको बताए ।
नेपालको सार्वभौमिकता र अखण्डताको सन्दर्भमा सिंगो नेपाल एक ठाँउमा उभिने नेपालीको चरित्र र विशेषताप्रति अनभिज्ञ रहेर उक्त धारणा आएको थापाले बताए । रातोपाटीसँग कुरा गर्दै थापाले आजादको अभिव्यक्तिले भारतीय नेतृत्व प्रति आशंका उठेको पनि बताए ।
‘भारतीय प्रधानमन्त्री नेपाल आएको वखत आएको यस प्रकारको अभिव्यक्तिलाई भारतीय नेतृत्वको कहिँकतै प्रतिनिधित्व गर्दैन भनि मोदीले प्रष्टाए भने त्यो भारत र मोदीको हितमा हुन्छ’–थापाले भने । भारतका प्रधानमन्त्रीलाई नेपालीहरुले ह्दयदेखि स्वागत गर्न नसकेको अवस्थाको मोदीलाई आत्मबोध हुनुपर्ने थापाले बताए । नाकाबन्दीको घाउलाई आदाजको ट्वीटले चर्काउने काम गरेको थापाको बुझाई छ । आजादले प्रस्तुत गरेको धारणालाई भाऊ दिएर धेरै समय खर्च गर्नु व्यर्थ रहेको उनले प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा
-
खप्तड क्षेत्र विकास समितिमा कर्मचारी नियुक्तिलाई लिएर राजीनामा मागियाे : मन्त्री चौधरी
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
-
लर्ड्समा नेपाली क्रिकेट टोलीले निकालेको त्यो ऐतिहासिक जीत