किर्ति आजादको ट्वीटमाथि गगनको टिप्पणी : मोदी बोल्नुपर्छ
काठमााडौं– नेपाली काँग्रेसका युवा नेता गगन थापाले भारतीय जनता पार्टीका सांसद किर्ती आजादको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् । भाजपाका सांसद तथा पूर्व क्रिकेटर आजादको धारणाप्रति आपत्ति जनाउँदै थापाले आजादलाई नेपाल –भारत सम्बन्धको इतिहास जानकारी नभएकोले यस्तो ट्विट आएको बताए ।
नेपालको सार्वभौमिकता र अखण्डताको सन्दर्भमा सिंगो नेपाल एक ठाँउमा उभिने नेपालीको चरित्र र विशेषताप्रति अनभिज्ञ रहेर उक्त धारणा आएको थापाले बताए । रातोपाटीसँग कुरा गर्दै थापाले आजादको अभिव्यक्तिले भारतीय नेतृत्व प्रति आशंका उठेको पनि बताए ।
‘भारतीय प्रधानमन्त्री नेपाल आएको वखत आएको यस प्रकारको अभिव्यक्तिलाई भारतीय नेतृत्वको कहिँकतै प्रतिनिधित्व गर्दैन भनि मोदीले प्रष्टाए भने त्यो भारत र मोदीको हितमा हुन्छ’–थापाले भने । भारतका प्रधानमन्त्रीलाई नेपालीहरुले ह्दयदेखि स्वागत गर्न नसकेको अवस्थाको मोदीलाई आत्मबोध हुनुपर्ने थापाले बताए । नाकाबन्दीको घाउलाई आदाजको ट्वीटले चर्काउने काम गरेको थापाको बुझाई छ । आजादले प्रस्तुत गरेको धारणालाई भाऊ दिएर धेरै समय खर्च गर्नु व्यर्थ रहेको उनले प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण