शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हराइरहेका चर्चित बुल्गेरियन आरोही खोज्न सिम्रिकको हेलिकप्टर शिषापाङ बेस क्याम्पमा

शुक्रबार, २८ वैशाख २०७५, १३ : २४
शुक्रबार, २८ वैशाख २०७५

काठमाडौं । तिब्बतको स्वायत्त क्षेत्र, पी आर चीनको शिषपाङमा हराइरहेका बुल्गेरियन नागरीक बोयान पेट्रोभको उद्धारको  लागि सिम्रिक एयरको हेलिकप्टर परिचालन भएको छ । बुल्गेरियन नागरीक पेट्रोभ एक अनुभवी आरोही हुन् जसले अहिलेसम्म ८ हजार मिटर भन्दा अग्ला १० वटा हिमालको सफल आरोहण गरीसकेका छन् । अचानक तिब्बतको स्वायत्त क्षेत्र शिषपाङमा आरोहणकै क्रममा हराईरहेका उनको उद्धारको लागि सिम्रिकले आफ्नो हेलिकप्टरलाई पठाएको बताएको छ ।

सिमिक एयरको एएस३५० बी३इ कल साइन ९ए एएलपी र ९एन एजेजेड दुईवटा हेलीकप्टर ६जना उद्धार टोली र उद्धार समाग्रीका साथ प्रस्थान गरेको छ । शिषपाङ्मा बेस क्याम्पको लागि चाइना सरकारको अनुमति लिएर उक्त क्षेत्रमा गएको सिम्रिकले प्रेस विज्ञप्ती मार्फत जनाएको छ । बुल्गेरिया दुताबासको विशेष अनुरोधमा सिम्रिकको हेलिकप्टर आकस्मीक उद्धारको लागि उक्त क्षेत्रमा गएको छ । सिम्रिकको यो हेलिकप्टर तुरुन्त उद्धारका लािग उच्च क्षेत्रमा पनि जानसक्ने क्षमताको भएकाले उक्त क्षेत्रमा पठाइएको सिम्रिकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप