बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आलुदेखि अण्डासम्मः कतै गलत तरिकाले खाइरहनुभएको त छैन यी ६ खानेकुरा ?

शुक्रबार, २८ वैशाख २०७५, ११ : ५०
शुक्रबार, २८ वैशाख २०७५

स्वस्थ खानपिनको अर्थ सही खानेकुरा छान्नु मात्र होइन । खानामा भएको सबै भिटामिन र मिनरल्स कसरी पाउन सकिन्छ भनी थाहा हुन पनि आवश्यक छ । अमेरिकी डाइटिसियन ऋChristine Mikstas ले केही कुरा बोक्रासहित र केही उसिनेर खानुपर्ने सल्लाह दिन्छिन् । आउनुहोस्, कुन खानालाई कसरी खाने भन्ने बारे जानकारी लिऔं ।

आलुः

आलुलाई कोठाको तापक्रम वा फ्रिजमा चिसो गरेर सलादको रुपमा खाँदा यो पच्न धेरे समय लाग्छ र यसमा स्टार्चको मात्रा हुन्छ । यसले तपाईंलाई स्वस्थ राख्नुका साथै मोटोपनाको सम्भावनालाई घटाएर कोलोन क्यान्सर र मधुमेहबाट जोगाउँछ ।

ब्रोकोलीः

बफाउनुहोस् । यसो गर्दा ब्रोकोलीमा हुने सम्पूर्ण पौष्टिक तत्व तपाईंले पाउनुहोस् । उमाल्दा, माइक्रोवेभमा फकाउँदा, फ्राई गर्दा यसमा पाइने भिटामिन सी, क्लोरोफिल, प्रोटिनलगायतका पौष्टिक तत्व नष्ट हुन्छन् । यसलाई जति छिटो बनाउनुहुन्छ त्यती नै पोषण प्राप्त गर्नुहुन्छ । उसिनेको ब्रोकोलीलाई स्वादिलो बनाउनका लागि त्यसमा ओलिभ ओइल, नुन र कागतीको रस हाल्नुहोस् ।

अण्डाः

 एउटा अण्डाले हामीलाई ७५ क्यालोरी दिन्छ । साथै, हामीले ६ ग्राम हाई क्वालिटी प्रोटिन, ९ प्रकारका एमिनो एसिड र खानाबाट विरलै प्राप्त हुने भिटामिन डी पाउँछौं । तर यदि तपाईं यसलाई बटर वा प्यानकेकसँग खानुहुन्छ भने यसको सबै पौष्टिक तत्व समाप्त हुन्छ । अण्डालाई पोच बनाएर वा उसिनेर खानुहोस् ।

फलफूलः

फलफूलको जुसभन्दा यसलाई सिधै खाएको राम्रो । शत प्रतिशत शुद्ध भनिने जुसमा पनि पौष्टिक तत्वको कमी हुन्छ । यसमा फाइबारको मात्रा हुँदैन । यसमा मिसाइने चीनिले मधुमेह र मोटोपना बढाएर कलेजोको समस्या निम्त्याउने गर्छ ।

रातो मासुः

रातो मासु प्रोटिन, ओमेगा थ्री फ्याटी एसिड, भिटामिन बी१२, नियासिन, जिंक र आइरनको निकै राम्रो स्रोत हो । यसको एउटै मात्र समस्या यो हो कि यसमा स्याचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन हामीलाई निकै थोरै मात्र आवश्यक हुन्छ । यसलाई पातलो र लामो गरेर काट्नुहोस् । पकाउनु अघि मासुमा देख्नुभएको सबै बोसो निकाल्नुहोस् ।

गोलभेडाः

गोलभेडामा पाइने शक्तिशाली लाइकोपेनले क्यान्सर, मुटु रोग, हृदयघातलगायतका समस्याबाट जोगाउँछ । र यी तत्व काँचोभन्दा पकाएको गोलभेडाबाट प्राप्त गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप