बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सोनम कपुरले धुमधाम विवाह गरिरँदा नेहा धुपियाले रोजिन् गोप्य विवाह

शुक्रबार, २८ वैशाख २०७५, ०८ : ३८
शुक्रबार, २८ वैशाख २०७५

३८ वर्षीया बलिउड नायिका नेहा धुपियाले तीन वर्ष कान्छा नायक अंगद बेदी (३५) सँग विवाह गरेकी छिन् । सोनमको विवाहले बी टाउन निकै तातिरहेका बेला नेहाले भने निकै गोप्य समारोहमा विवाह गरिन् ।

नेहाले ट्वीटरमार्फत आफ्नो विवाहको जानकारी दिँदै सबैलाई अचम्मित पारिदिइन् । उनले ट्वीटमा लेखिन्, ‘मेरो जीवनको सबैभन्दा उत्कृष्ट निर्णय । मैले आज आफ्नो सबैभन्दा राम्रो साथीलाई विवाह गरें ।’

स्रोतका अनुसार नेहा र अंगदले बिहिबार दिल्लीमा पंजाबी रिति रिवाजले विवाह गरे ।

यस्तै अंगतले पनि नेहा धुपियालाई मिसेज बेदी भन्दै ट्वीट गरेका छन् । उनले लेखे, ‘now Wife!!! Well hello there Mrs BEDI!!! @nehadhupia’ ।

उनीहरुको विवाहपश्चात् फिल्म निर्माता करण जोहरले ट्वीटरमार्फत बधाई दिए ।

अंगद बेदी बारे:

अंगद पूर्व भारतीय क्रिकेटर बिशन सिंहका छोरा हुन् ।

अंगदले दिल्लीका लागि अंडर–१९ मा क्रिकेट खेलिसकेका छन् । उनले मोडलिङपश्चात् बलिउडमा इन्ट्रि गरेका थिए ।

अंगद बेदीले सन् २०११ मा रिलिज भएको फिल्म ‘फालतू’ बाट आफ्नो फिल्मी करियरको सुरुवात गरेका थिए ।

यसका साथै, फिल्म पिंक र उगंलीमा पनि अभिनय गरिसकेका छन् । फिल्म टाइगर जिन्दा हे मा उनले सलमान खानसँग काम गरिसकेका छन् ।

अंगद बेलीले सानो पर्दामा पनि काम गरेका छन् । उनी एक कुकिंग शो ‘कुक ना कहो’ मा पनि देखिएका छन् । टिभी कार्यक्रम इमोशनल अत्याचारको पहिलो सिजनलाई पनि अंगद बेदीले होस्ट गरेका थिए ।

अंगदले कलर्सको एडभेन्चर शो ‘खतरोंका खेलाडी’ को सिजन थ्रीमा पनि भाग लिएका थिए ।

अंगदकी दिदीको नाम पनि नेहा हो । उनका पिताको पहिलो विवाहबाट पनि दुई सन्तान छन् ।

अंगद चाँडै नै हकी खेलाडी संदीप सिंहको बायोग्राफी फिल्म ‘सूरमा’ मा देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप