शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विदेशी दालमोठमै झण्डै आधा अर्ब स्वाहा, सबैभन्दा बढी भारतबाट आयात

शुक्रबार, २८ वैशाख २०७५, ०६ : ५७
शुक्रबार, २८ वैशाख २०७५

काठमाडौँ -नेपालीहरुको परनिर्भरता बढ्दै गएको पछिल्लो व्यापार घाटाले प्रष्ट पार्छ ।

नेपालीहरुमा पछिल्लो समय जंकफुडको संस्कृति पनि उतिकै मौलाउँदो छ । दालमोठकै ( जंक फुड) लागि करोडौँ रुपैयाँ नेपालबाट बाहिरिन्छ । 

चालु आर्थिक वर्षको  (२०७४/७५) ९ महिनामा दालमोठका लागि ४७ करोड २५ लाख ६३ हजार ९६ रुपैयाँ बाहिरिएको छ ।

अर्थात सो रकम बराबरको विदेशी दालमोठ नेपालीले खाएका छन् । सबैभन्दा बढी भारतबाटै आयात भएको छ ।

चैतसम्म भारतबाट ४७ करोड १६ लाख ३५ हजार ७ सय ६० रुपैयाँको  दालमोठ आयात भएको भन्सार विभागले जनाएको छ ।

दोस्रोमा  बंगलादेशबाट ८ लाख १९ हजारको दालमोठ आयात भएको छ । यता चाइनाबाट पनि १ लाख ५ हजारको  दालमोठ आयात भएको छ । सबैभन्दा थोरै थाइल्याण्डबाट ३ हजार एक सय ६६ रुपैयाँको दालमोठ आयात भएको हो । 

गत वर्षको (२०७३/७४) यसै अवधिमा ५७ करोड २ लाख ७७ हजार रुपैयाँको दालमोठ आयात भएको थियो ।  

गत वर्षको तुलनामा यस वर्ष भने दालमोठ आयात ९ करोड ७७ लाख १४ हजार रुपैयाँले कम हो । 

दालमोठ आयात 

२ करोड ९२ लाखको दालमोठ निर्यात

उसो त नेपालबाट दालमोठ निर्यात हुने गरेको तथ्यांक पनि भेटिएको छ ।  

चालु आवको नौ महिनामा २ करोड ९२ लाख २३ हजार रुपैयाँको दालमोठ निर्यात भएको भन्सार विभागको तथ्यांकमा छ ।

गत वर्ष यो भन्दा दोब्बर  दालमोठ निर्यात भएको भन्सार विभागले जनाएको छ ।

गत वर्षको नौ महिनामा ४ करोड ६४ लाख रुपैयाँको दालमोठ निर्यात भएको थियो ।

भारत, चीन, अस्ट्रेलिया, अमेरिका, भुटान, मलेसिया जापान लगायत देशमा निर्यात भएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप