बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शुक्रबार, २८ वैशाख २०७५, ०५ : ४५
शुक्रबार, २८ वैशाख २०७५

आजको राशिफल 

वि.स.२०७५ साल वैशाख २८ गते । शुक्रबार । ईश्वी सन् २०१८ मे ११ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि एकादशी ३८ घडी ४२ पला,बेलुकी ८ बजेर ४८ मिनेट उप्रान्त दुवादशी । नक्षत्र पूर्वाभाद्रपदा १३ घडी ५१ पला,बिहान १० बजेर ५२ मिनेट उत्तरभाद्रपदा । योग वैधृती १५ घडि ४५ पला,बिहान ११ बजेर ३७ मिनेट उप्रान्त विष्कुम्भ । करण बव,बिहान ८ बजेर ३७ मिनेट उप्रान्त वालव,बेलुकी ८ बजेर ४८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि मिन  । अपरा एकादशी व्रत। पञ्चक।

काठमाडौंमा सूर्योदय ५ बजेर २० मिनेट,सूर्यास्त बेलुका ६ बजेर ४२ मिनेट । दिनमान ३३ घडी २७ पला । 

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ । बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ ।

शुभ अंक — १

शुभ रंग — कफि

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आम्दानिका बाटाहरु एक्कासि रोकिदा दैनिक काम प्रभावित हुँनेछ । अनावस्यक ठाउँमा खर्च बढ्ने तथा उपलब्धि बिहिन काममा समय बित्नेछ । अल्छि गर्नाले पढाई लेखाई प्रभावित हुने तथा अरुभन्दा पछि परिनेछ । पैत्रिक धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाबस्यक विवाद हुँन सक्छ । व्यापार व्यावसायमा लगानि गर्दै हुनुहुन्छ भने केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु होला । माया प्रेममा अविस्वास सिर्जना हुनेछ ।

शुभ अंक — ३

शुभ रंग — सेतो

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय राम्रो रहेकोले व्यापार व्यावासायमा लगानि गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । रोजगारको खोजिमा हुनेहरुले काम पाउन तथा नोकरिमा पदोन्नतीको योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने माता पिताको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । माया प्रेममा नजिक हुने तथा अध्ययनमा सुधार भएर जानेछ । 

शुभ अंक — ६

शुभ रंग — हरियो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धर्म कर्ममा मन जानेछ । साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसायमाबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुने अधिक सम्भावना रहेको छ ।

शुभ अंक — ४

शुभ रंग — खरानि

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामहरु समयमा सम्पन्न नहुँने तथा आलोचकहरु बढ्नेछन् । पढाई लेखाई तपाई आफ्नै कारणले फितलो रहनेछ । पहिलेनै फत्ते भईसकेका कामहरु पुनह दोहेरिने हुँदा मानशिक तनाव बढ्नेछ । सानातिना घरेलु समस्याले सताउँनेछ भने आफन्त तथा दिदिबहिनिहरु सँग घरायसि बिषयमा मनमुटाव सिर्जना हुँनेछ । माया प्रेममा धोका अबिश्वास बढ्ने हुँनाले प्रेम गर्ने जोडिहरु आज नभेट्दानै राम्रो रहेकोछ ।

शुभ अंक — ५

शुभ रंग — कफि

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) परिवारका साथ रमाईलो बाताबरणमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।  आलोचना गर्नेहरु बढ्नेछन्  भने सानातिना घरेलु समस्याले सताउँनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । पहिलेको काम तथा मुद्दाहरु पुनह दोहोरिने हुँदा मानशिक तनाब सिर्जना हुँनेछ । प्रेममा एक अर्कालाई शंका गर्ने बानिले असजिलो परिस्थितिको सिर्जना हुँनेछ । 

शुभ अंक — ६

शुभ रंग — निलो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) अदालत तथा न्यायिक निकायबाट हुँने  निर्णयहरु तपाईको बिपक्षमा आउँने हुँनाले कुनै पनि मुद्दा मामिलामा सामेल नहुँनु होला । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले खानपानमा ध्यान दिनुहोला । अध्ययन अध्यापनमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । घर परिवार तथा आफन्तहरु सँग घरायसि कुरामा राय बाजिनेछ ।

शुभ अंक — ३

शुभ रंग — खरानि

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ । भौतिक साधन तथा सवारि साधनको प्रयोग गर्दा बिचार पुर्याउँनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । अध्ययनमा मन नजाने हुँनाले अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुँनेछ ।

शुभ अंक — ५

शुभ रंग — रातो

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा केहि समय पर्ख र हेरको रणनिति अपनाउँदा राम्रो रहेकोछ भने कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेकोछ । आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ ।

शुभ अंक — ६

शुभ रंग — निलो

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

शुभ अंक — २

शुभ रंग — सेतो

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुँनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

शुभ अंक — ५

शुभ रंग — निलो

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईबाट राम्रा काम हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । राम्रा पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ भने बिलाशि तथा सुन्दर बस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले सकारात्मक नतिजा हात लाग्नेछ । प्रेम प्रशङगमा दिल खोलेर रमाउँन सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग — पहेलो 

 

तपाईको दिन शुभ रहोस्  ।

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप