शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्तर कोरियाको जेलबाट छुटेका ‘हिरो’ हरुलाई ट्रम्पले गरे भब्य स्वागत

बिहीबार, २७ वैशाख २०७५, १७ : ०३
बिहीबार, २७ वैशाख २०७५

काठमाडौं–उत्तर कोरियामा बन्दी रहेका तीन अमेरिकी नागरिकलाई डोनाल्ड ट्रम्पले आज अमेरिकामा स्वागत गरेका छन् । त्यो बेला उनले भने “यसका लागि हामी किम जोङ्ग उनलाई धन्यवाद दिन चाहन्छौं ।”
अमेरिकी राष्ट्रपति आफ्नो श्रीमती मेलेनियाको साथमा आगन्तुकलाई स्वागत गर्नको लागि एण्ड्रु हवाई आधारमा गएका थिए । सो क्रममा उनले किम दोङ्ग चुल, किम ह्याक सोङ्ग र टोनी किमलाई ‘असाधारण मानिस’ भने ।
जहाजको भ¥याङ्गबाट उनीहरु ओर्लिरहदा राष्ट्रपति र प्रथम महिलाले उनीहरलाई ताली बजाएर स्वागत गरेका थिए । 
पछि सम्बोधनका क्रममा राष्ट्रपतिले भने “उहाँहरु महामानव हुन् । साँचो भन्दा हामीले यस्तो होला भनेर सोचेका पनि थिएनौं । तर यो भएको छ । यी मानिसहरुलाई फिर्ता ल्याउनु महत्वपूर्ण थियो । आज यी महामानवहरुको लागि विशेष रात्री हो ।”


ट्रम्पले यी नागरिकहरुलाई चाँडो मुक्त गरिदिएकोमा किम जोङ्ग उन धन्यवाद दिए । उनले भने “हामी नयाँ यात्रा शुरु गर्दै छौं । मलाई लाग्छ हामी सामू केही अर्थपूर्ण काम गर्ने राम्रो अबसर छ । तर यही कुरा ५ वा १० वर्ष पहिले कसैले भनेको भए मानिसहरुले यसलाई ‘असम्भव’ भन्थे ।
उनले थप भने “हाम्रो सबैभन्दा गर्ब गर्ने समय भनेको सम्पूर्ण कोरियाली प्रायद्विपको आणविक हतियार निशस्त्रीकरण हुनेछ ।” 
जहाज अवतरण गर्न लाग्दा दुई ठूलो अमेरिकी झण्डाहरु फहराएर उनीहरुलाई नायकको जस्तो स्वागत गरिएको थियो । 
यी तीन मानिसहरु तीन वर्षको जेल सँजायपछि उत्तर कोरियाबाट हिजो मुक्त भएका थिए । उनीहरुको मुक्तिको लागि अमेरिकी डिपार्टमेन्ट अफ स्टेटका सेक्रेटरी माइक पोम्पेय उत्तर कोरियामा गएका थिए । उनीहरु पोम्पेयको जहाजमै फर्किएका हुन् । 
उनीहरुलाई अवतरण पछि थप परिक्षण र मेडिकल जाँचको लागि वाल्टर रिड नेश्नल मिलिटरी मेडिकल सेन्टरमा लगिएको थियो । यी परिक्षणपछि मात्र उनीहरुलाई परिवारसँग पुनर मिलन गराइने छ ।
हवाई जहाजबाट ओर्लिरहदा तीनजनाले हात हल्लाउदैं भी आकार देखाएका थिए ।
अमेरिकी भूमिमा टेकेपछि तीन जनाले घर फर्कन पाउनु सपना जस्तो भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप