मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

के मोबाइलका कारण बढ्दैछन् ब्रेन ट्युमरका बिरामी ?

बिहीबार, २७ वैशाख २०७५, १३ : ५९
बिहीबार, २७ वैशाख २०७५

हालैका दशकहरूमा बेलायतमा आक्रामक प्राणघातक खालको ब्रेन ट्युमरका घटना दरहरू दोब्बरभन्दा बढीले बढेको छ । एक नयाँ अध्ययनले यस पछाडि के कारण हुनसक्छ भन्ने प्रश्न गरेको छ ।

अध्ययन अनुसार सन् १९९५ देखि सन् २०१५ बीचमा ग्लिओब्लास्टोमाको दर प्रतिलाख मानिसहरूमा २.५ बाट बढेर ५.० पुगेको छ । यो अध्ययन बुधबार ‘जर्नल अफ इन्भाइरोमेन्टल एन्ड पब्लिक हेल्थ’मा प्रकाशित भएको थियो ।

अध्ययनमा विश्लेषण गरिएको सूचनाहरूले ब्रेन क्यान्सरको ममलाहरू बढेकोमा मात्र केन्द्रित छ । यो प्रवृत्ति घट्नुका कारणमा प्रकाश पारेको छैन । तथापि अनुसन्धानकर्ताहरूले जीवनशैलीका विभिन्न तत्वले यसमा भूमिका खेलको हुन सक्ने बताए ।

यी तत्वहरूमध्ये उनीहरूको मुख्य आशङ्का मोबाइल फोनतर्फ रहेको छ । उनीहरूले अध्ययनमा पनि मोबाइल फोनको प्रयोगले ब्रेन क्यान्सर हुनसक्ने र दिमागमा बदलाब आउनसक्ने भन्ने विगतको अध्ययनतर्फ थोरै सङ्केत गरेका छन् ।  

“पेपर आफैमा मोबाइल फोनबारेमा होइन : यो ट्युमरमा भएको वृद्धि बारेमा मात्र हो... तर मोबाइल फोन सबैभन्दा मुख्य कारण जस्तो देखिन्छ ।” अध्ययनका प्रमुख लेखक एलेस्डायर फिलिप्सले भने ।
ग्लिओब्लास्टोमा ट्युमर कान र निधार नजिक रहेको फ्रन्टल र टेम्पोरल लोब क्षेत्रमा पाइएको छ । जसका कारण पनि औँला मोबाइलतिरै तेर्सिएको छ ।

तर फिलिप्सले ब्रेन ट्युमर आफैमा निक्कै कम हुने रोग भएकाले यो शङ्काले पनि मानिसहरूमा खतराको अनुभूति बढाउन नसक्ने बताए । “किनकि मोबाइल फोनले ब्रेन ट्युमरको खतरा बढाउँछ भने पनि व्यक्तिगत रूपमा तपाईंलाई लाग्ने सम्भावना निक्कै नै कम हुन्छ ।” उने भने 

“मेरो सुझाव भनेको लामो कल गर्दा लाउडस्पिकर बनाएर कुरा गर्नु स्वस्थवद्र्धक हुन्छ भन्ने हो तर म आफै पनि यो निष्र्कषबाट आत्तिएको छैन ।”

थुप्रै विज्ञहरूले ट्युमरको वृद्धिमा सीधै मोबाइल फोनलाई दोष दिन नहुने बताएका छन् । यसको सम्बन्धको स्पष्ट प्रमाण हालसम्म नभेटिएको उनीहरूको तर्क छ । 

विश्वभर मोबाइल फोनको प्रयोग र क्यान्सरको खतराको सम्बन्धमा भएको अनुसन्धानले उत्तरभन्दा बढी प्रश्न उब्जाएको छ ।

केही अध्ययनले मोबाइल फोनले उत्सर्जित गर्ने रेडियो फ्रिक्वेन्सी र निश्चित स्वास्थ समस्या, विशेष ब्रेन ट्युमरबीचमा सम्बन्ध नपाइएको बताएका छन् तर केहीले भने यसमा सीधा सम्बन्ध रहेको देखाएका छन् ।

मोबाइल फोनको प्रयोगको वृद्धि र ब्रेन ट्युमरको वृद्धि एकै पटक प¥यो भन्नुको अर्थ पहिलोको सम्बन्ध दोस्रोसँग छ भन्न नमिल्ने यो सम्बन्ध अस्वीकार गर्नेहरूले भनेका छन् ।

“यो अवधिमा मोबाइल फोनको प्रयोग १५% बाट बढेर ९५% पुग्यो तर ब्रेन ट्युमर त्यही दरमा बढेको छैन ।” यस्तै एक विज्ञले भने– “त्यसैले मोबाइल फोनको प्रयोगले ब्रने ट्युमर बढायो भन्नु अनुमान मात्र हो । बरु ब्रेन ट्युमर घटाउन भूमिका खेल्ने भनेर चिनिएका जीवनशैलीमा आएको ह्रासमा ध्यान पु¥याउन जरुरी छ । यसमा स्वस्थ खाना, रक्सी कम उपभोग र चुरोट सेवन नगर्ने बानीहरू पर्छन् ।”

अमेरिकाको हेल्थ एन्ड हुमन हेल्थ सर्भिस डिपार्टमेन्टको नेसनल ट्याक्सिकोलोजी प्रोग्रामले विभिन्न जनावरहरूमा लामो समय मोबाइल फोन रेडिएसनसँगको सम्पर्कको असर अनुसन्धान गरेको थियो ।
त्यही अध्ययनलाई समेटेर फेब्रुअरीमा निस्केको एक रिपोर्टमा उच्च स्तरको मोबाइल रेडिएसनको मुसाको मुटुमा हुने ट्युमरबीच सम्बन्ध देखाएको थियो । तर यो भाले मुसामा मात्र देखिएको थियो, पोथीमा भने देखिएको थिएन ।
 

सम्भावित असर कम गर्न के गर्न सकिन्छ ?
मोबाइल फोनको रेडियोफ्रिक्वेन्सी रेडिएसनले ब्रेन ट्युमर लाग्न सक्ने भनेर चिन्तित हुनुहुन्छ भने मोबाइल फोन प्रयोगमा तपार्इंले केही सावधानी अपनाउनुभयो भने मोबाइल फोनको प्रयोग त्याग्नुपर्दैन ।

अमेरिकन क्यान्सर सोसाइटीका अनुसार मुख्यतः फोन कल गर्दा मोबाइलबाट रेडियोफ्रिक्वेन्सी रेडियसन निस्कन्छ । त्यसैले फोन कल गर्दा फोनलाई टाउकोबाट टाढा राख्नका लागि लाउडस्पिकर मोड प्रयोग गर्ने वा इयरफोन जोडेर फोन गर्नु उपयुक्त हुन्छ । यसका साथै बच्चाहरूलाई फोनबाट टाढा राख्ने र फोनको प्रयोगमै कम गर्नेजस्ता कदम चाल्नु उपयुक्त हुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप