शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

खुसी दिमागले नकारात्मक कुराहरूसँग कसरी प्रतिक्रिया गर्छ ?

बिहीबार, २७ वैशाख २०७५, १२ : ४३
बिहीबार, २७ वैशाख २०७५

बिहान खाना पकाइरहँदा तपार्इंले गिलास खसाल्नु भयो । अफिस जाँदा ट्राफिक जाममा फस्नुभयो । अफिसमा ढिलो पुगेकोमा तपाईंलाई हाकिमले गाली गरे । बधाई छ ! तपाईं एउटा बिहानी खराब भयो ।

सबै जना कुनै न कुनै समय खराब अवस्थाबाट गुज्रन्छन् तर जीवनमा आइपरेका खराब घटनाहरूलाई तपाईं कसरी प्रतिक्रिया जनाउनुहुन्छ, त्यस कुराले तपाईंको दिमाग बारेमा धेरै कुरा बताउँछ । 
खुसी मानिसहरू दुःखी रहनेहरूभन्दा आफ्नो संवेगहरू नियमन गर्न बढी सामथ्र्यवान हुन्छन् भन्ने कुरा त स्वतसिद्ध ठीक लाग्छ । तर यस्तो किन हुन्छ ?

यस पछाडि धेरै सम्भावनाहरू रहेका छन् । एउटा सम्भावना प्रफुल्ल रहनेहरू विम्बमा भनिने ‘गुलाबी चस्मा’ लगाएर हिँड्छन्, जसले तिनलाई सकारात्मक कुराहरूमा मात्र देखाउँछ र नकारात्मकलाई छानिदिन्छ ।

अर्को सम्भावना भनेको खुसी रहनेहरू असल कुराहरूलाई राम्रोसँग ग्रहण गर्छन् । यसले तिनको मुडलाई उच्च राख्छ तर उनीहरू नकारात्मक कुराहरूबाट पूरै अनभिज्ञ भने रहेका हँुदैनन् ।
यो प्रश्नले किन अर्थ राख्छ भने जीवनलाई हेर्ने दृष्टिकोणमा यसको सम्बन्ध हुन्छ । के नकारात्मक कुरा र आलोचनाहरूलाई पूर्णत बेवास्ता गर्नु राम्रो हो ? अथवा खराबलाई बेवास्ता नगरी असलमा केन्द्रित

हुने सामथ्र्य बढाउनु राम्रो हो ?
यो परिकल्पनालाई जाँच गर्नका लागि दिमागमा रहेको चना आकारको एक सानो अङ्ग एमिग्डालामा हुने क्रिया अवलोकन गर्नुपर्छ । वर्षांैसम्म स्नायु वैज्ञानिकहरूले एमिग्डालालाई जीवको ‘डर नियमन गर्ने केन्द्र’ मान्दै आएका छन् जसले हरेक क्षण सम्भावित खतरा खोजिरहेको हुन्छ । केही मानिसहरूमा एमिग्डालाको सकृयतामा वृद्धिको सम्बन्ध डिप्रेसन र एन्जाइटीसँग हुन्छ । 
तर आजसम्म एमिग्डालाले सकारात्मक उत्तेजनामा कसरी प्रतिक्रिया गर्छ भन्ने बारेमा एकदम थोरै मात्र जानकारी छ । 

त्यही कुरामा ज्ञान वृद्धिका लागि टोरन्टो विश्वविद्यालयका विलियम किन्नङ्हम र प्रिस्टन विश्वविद्यालयका एलेक्जेन्डर टोडोरोभले आफ्ना सहकर्मीसँग मिलेर एक अध्ययन गरे । जोन टेम्प्लेटन फाउन्डेसनले लगानी गरेको नयाँ अध्ययनहरूको शृङ्खलामा एमिग्डालाको पूरै नयाँ स्वभावको आविष्कार भएको छ । यस अध्ययनमा एमिग्डाला मानवीय सम्बन्ध, करुणा र खुसीसँग पनि जोडिएको पाइयो । अध्ययनमा सबैभन्दा खुसी मानिसहरू खतरालाई पूरै बेवास्ता गर्दैनन् बरु असल चीज पहिचान गर्न सीपालु हुन्छन् भन्ने देखिएको छ ।

एमिग्डालाले के काम गर्छ ?
एक जङ्गली जेब्राले सिंह र अन्य हिंस्रक जीवहरूको निरन्तर ख्याल राख्नुपर्छ । उसले यो कार्य खाना र पानी सेवनको क्रममा पनि गरिरहेको हुन्छ । वैज्ञानिकहरूले पहिलेदेखि नै एमिग्डालालाई जीवको सतर्कता हुने स्वभावसँग जोडेर हेर्थे । नयाँ अनुसन्धानले एमिग्डाला जेब्राहरूमा झैं मानसमा पनि खाना, पानी र जोडी बनाउने क्रममा पनि सक्रिय हुने सङ्केत गरेको छ ।
खतरनाक परिस्थितिको परिणाम प्राणघातक हुन सक्ने भएकाले एमिग्डाला सबै खालको खतरापूर्ण घटनामा सक्रिय हुन्छ भन्नुले अर्थ राख्छ । तर के एमिग्डालाले सकारात्मक घटनाहरूमा पनि प्रतिक्रिया गर्छ ? 

कन्निङ्हाम र उनका सहकर्मीहरूले यिनै प्रश्नमा केन्द्रित भएर गरेको अध्ययन अघिल्लो वर्ष जर्नल अफ कग्निटिभ न्युरोसाइन्समा प्रकाशित भएको थियो । तिनले अध्ययनमा सहभागी भएकाहरूलाई तस्बिरहरूको शृङ्खला देखाएका थिए । तस्बिर देखाउने क्रममा उनीहरूको एमिग्डालामा भइरहेको प्रतिकृयालाई एफएमआरआई मेसिनले नापिएको थियो । तस्बिरहरूमा मानिसका अलग अलग संवेदनाहरू थिए र तिनले उत्सर्जित गर्ने संवेदना पनि अलग अलग थियो । 

एफएमआरआईबाट प्राप्त सूचनाहरूमा कन्निङ्हाम र उनका सहकर्मीले आम मान्यता अनुरूप नै नकारात्मक तस्बिरहरूले सहभागीहरूको एमिग्डाला सक्रिय बनाएको पाए । तर सकारात्मक तस्बिरहरूले पनि एमिग्डालामा त्यस्तै प्रभाव ग¥यो तर त्यो बखत मात्र जब सहभागीहरूलाई तस्बिरमा केन्द्रित हुन निर्देशन दिइयो ।

मानिसहरूमा नकारात्मक पूर्वाग्रह अथवा खतरामा केन्द्रित हुने प्रवृत्ति हुन्छ । तर यो अनुसन्धानले मानिसहरूले सचेत रूपमा सकारात्मकमा ध्यान दिएर त्यसको क्षतिपूर्ति गर्न सक्ने देखाएको छ ।

लेखकहरूले पेपरमा लेखेका छन्– “मानिसहरूमा स्वतः नकारात्मक प्रतिक्रिया आउँछ तर उपयुक्त क्षमता र प्रेरणा दिँदा तिनले सकारात्मक घटनाहरूमा पनि त्यस्तै संवेदनशीलता देखाउँछन् ।”

कनिङ्हाम र टोडोरोभसमेत समावेश भएको एक समूहको अध्ययनले एमिग्डाला ‘करुणाको पनि केन्द्र हुन सक्ने’ देखाएको छ । सहभागीहरूले फोटो हेरिरहँदा अनुसन्धानकर्ताहरूले तिनको दिमाग स्क्यान गरे । फोटोमा रहेका केही मानिसहरू सहभागीहरूको उद्देश्य प्राप्तिमा सहयोगी हुन सक्थे भने केही आफै असहाय थिए । अध्ययनका क्रममा सहभागीहरूले तस्बिरमा देखिएका मानिसहरू आवश्यकतामा रहेको महसुस गर्दा तिनको एमिग्डालाको सक्रियता सबैभन्दा उच्च रहेको देखियो । यो अवस्था विशेषतः उच्च करुणा भएका मानिसमा बढी देखिएको थियो ।

यस पेपरका लेखकहरूले अन्य विभिन्न अनुसन्धानले सहजै सम्बन्ध बनाउन सक्ने र खाँचो परेकाहरूलाई सहयोग गर्ने मानिसहरू स्वास्थ रहने देखाएको तथ्य पनि उल्लेख गरेका छन् । यसलाई संयुक्त रूपमा बुझ्दा यसले मानिसहरूको अवचेतनमै ‘करुणाको गुण’ हुने देखाएको छ । एमिग्डालालाई पुरातन दिमाग पनि भनिन्छ । पेपरमा निष्कर्ष दिइएको छ : 

“यो अध्ययन परियोजनले हाम्रो उद्विकासको आधारमा पुरानो दिमाग प्रणाली अनैतिकता र स्वार्थीपनको मात्र स्रोत होइन भन्ने देखाएको छ । यसलाई उद्देश्य दिँदा यसले नैतिक र न्यायपूर्ण व्यवहारमा योगदान दिन्छ । त्यसैले मानवीय समृद्धि स्वत्वको पक्षहरूको दमनबाट आउँदैन बरु सबै सान्दर्भिक क्रियाहरूलाई एकीकृत प्रतिक्रियामा समायोजनमार्फत आउँछ ।”

खुसी मानिसहरू खराब कुरा बेवास्ता गर्दैनन् बरु खुसीमा केन्द्रित हुन्छन्
तर यो अध्ययनले अर्को प्रश्न उठाएको छ : के जीवनका नकारात्मक कुराहरू बेवास्ता गर्नुमा मानिसको खुसी निर्भर रहन्छ ? खुसी मानिसहरू गिलास झर्दा, ट्राफिक जाममा पर्दा, मालिकले गाली गर्दा वा बाटोमा घरबारविहीनहरूलाई देख्दा कस्तो प्रतिक्रिया गर्छन् ?

यो प्रश्नलाई अर्को एक अध्ययनले उत्तर दिन खोजेको छ । ‘सोसल कग्निटिभ एन्ड एफेक्टिभ न्युरोसाइन्स जर्नल’मा प्रकाशित सो अध्ययनको लेखक कन्निङ्हाम हुन् । यस अध्ययनमा उनलाई उनको पिएचडी विद्यार्थी तविथा किर्कल्यान्डले साथ दिएकी छिन् । 

यस अध्ययनमा बढी खुसी हुनेहरूको एमिग्डालाले कम खुसी हुनेहरूको भन्दा फरक तरिकाले सकारात्मक वा नकारात्मक घटनाहरूलाई प्रतिक्रिया गर्छ कि भन्ने निर्धारण गर्न खोजिएको थियो ।
कन्निङ्हाम र किर्कल्यान्डले ४२ जना सहभागीहरूलाई सकारात्मक, नकारात्मक र टथस्थ फोटोहरू देखाउँदा उनीहरूको एमिग्डालामा भएको प्रतिक्रियाहरू रेकर्ड गरे । सहभागीहरूले आफ्नो खुसीको स्तर मापन गर्नको लागि सर्भे कागज पनि भरे ।

के खुसी मानिसहको दिमागले फरक खालका फोटोहरूमा भिन्नै तरिकाले प्रतिक्रिया ग¥यो ?

निश्चय नै अनुसन्धानकर्ताले कम खुसी मानिसहरूको तुलनामा बढी खुसी मानिसहरूले सकारात्मक फोटो हेर्दा तिनको एमिग्डाला बढी सक्रिय भएको पाए । तर मानिसहरूले कल्पना गरे जस्तो नकारात्मक तस्बिरहरूमा भने उनीहरूको एमिग्डाला कम सक्रिए थिएन ।

खासमा अनुसन्धानकर्ताहरूले “सकारात्मक र नकारात्मक दुवै घटनामा बढी खुसी रहने सहभागीहरूको एमिग्डाला सक्रियता लगभग उस्तै उस्तै अर्थात बढी हुने” पाए । पेपरअनुसार यसले बढी खुसी रहने मानिसहरू नकारात्मकप्रति अन्जान रहने वा नकारात्मक चीजप्रति आँखा चिम्लने होइन भन्ने देखायो । बरु उनीहरू जीवनको असल र खराब चिनेर संसारमा अनुकूलन हुन खोज्ने गरेको देखायो ।

निश्चित रूपमा यो रोचक आविष्कार हो, किनकि यसले नकारात्मक सूचना महसुस गर्न सक्ने र प्रतिक्रिया जनाउन सक्ने क्षमता पनि खुसीको लागि महत्वपूर्ण तत्व भएको देखाएको छ । 
यो अध्ययनका लेखकहरूको निष्कर्ष छ : “खुसी मानिसहरू प्रफुल्ल हुन्छन् तर सन्तुलित रहन्छन् ।”

यो अनुसन्धानले हाम्रो एमिग्डालालाई दिमागको ‘डरको केन्द्र’को रूपमा मात्र हेर्न नहुने निष्कर्ष निकालेको छ । त्यसको साटो, गहिरो तहमा पनि हाम्रो दिमाग अभावग्रस्त मानिसको ख्याल गर्न र एकअर्कालाई सहयोग गर्ने हिसाबले बनेको छ ।  त्यस्तो कार्यले हामीलाई खुसी हुन सहयोग गर्न सक्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप