शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वैज्ञानिकले खोजी गरे कपाल नझर्ने नयाँ औषधी

बिहीबार, २७ वैशाख २०७५, १२ : ४१
बिहीबार, २७ वैशाख २०७५

कपाल झर्ने समस्याले पिरोलिएकालाई यो खबरले राहत दिनसक्ला । वैज्ञानिकले एउटा यस्तो औषधीको पहिचान गरेका छन् जसले कपाल झर्न रोक्न सहयोग गर्दछ ।

वास्तवमा यो औषधी ओस्टियोपोरोसिस (हड्डीसँग सम्बन्धित रोग) को उपचारका लागि विकसित गरिएको थियो । यो औषधीको सेवनले कपालको वृद्धिलाई थप सघाउ पुर्याउँछ ।

कपालको जरा बलियो हुन्छः

स्वास्थ्य जर्नल ‘पीएलओएस बायोलोजी’ मा प्रकाशित एक अध्ययनका अनुसार यो औषधीले कपालको जरालाई बलियो बनाउने काम गर्दछ । ब्रिटेनको म्यान्चेस्टर विश्वविद्यालयका अनुसन्धानकर्ताले उक्त अध्ययन गरेका हुन् । अहिलेको समयमा मात्र दुई प्रकारका औाषधी – मिनोक्सीडिल र फिनास्टेराइडले पुरुषको कपाल झर्ने समस्याको उपचार गर्दछ ।

यद्यपी, यी दुई औषधीका केही साइड इफेक्ट पनि छन् । थुप्रै पटक आशा गरिए अनुरुप सफलता पनि नपाइएको गुनासो छ । यस्तोमा प्रभावित व्यक्तिको एउटै विकल्प बच्छ – हेयर ट्रान्सप्लान्ट सर्जरी । यस्तोमा कपाललाई बलियो बनाउने नयाँ तरिका विकसित गर्नुपर्ने आवश्यकता थियो र यो नयाँ औषधीबाट यस्तो समस्या समाधान हुने आशा गरिएको छ । यो औषधीको नाम वे-316606 हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप