शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य क्षेत्रको अनुसन्धानमा के गर्दैछ सरकार ?

बिहीबार, २७ वैशाख २०७५, ११ : ५१
बिहीबार, २७ वैशाख २०७५

 स्वास्थ्य अनुसन्धानको क्षेत्रमा नेपाल अन्य देशको तुलनामा निकै पछि रहेको बताइन्छ  । यस्तो अवस्थामा स्वास्थ्य क्षेत्रमा अहिलेसम्म कुन–कुन विषयमा अनुसन्धान भयो ? अनुसन्धानको क्षेत्रलाई सरकारले कति महत्व दिएको छ ? भन्ने लगायतका विविध विषयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष डाक्टर अन्जनीकुमार झाले रातोपाटीलाई यसरी बेलिबिस्तार सुनाएः

नेपालमा अनुसन्धानको संस्कृति  अथवा रिसर्च कल्चरलाई कसरी विकास गर्ने हो भन्ने विषयलाई ध्यानमा राख्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषदको स्थापना भएको हो । नेपालमा पछिल्लो समयमा स्वास्थ्य क्षेत्रको अनुसन्धानमा अनुसन्धानकर्ताको चासो बढ्दै गइरहेको छ ।

्सन् २०१६ मा ४ सय ३२ जना अनुसन्धानकर्ताले अनुसन्धानका लागि प्रस्ताव गरेका थिए । यस्तै सन् २०१७ मा अनुसन्धानको बारेमा ५ सयभन्दा धेरै प्रस्तावहरू नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा आएको थियो । यो परिषदमा आएका तथ्याङ्क मात्रै हुन् । काठमाडौँभन्दा बाहिर अनुसन्धानका लागि ३२ वटा आईआरसी रहेका छन्, जसले विश्वविद्यालय, कलेजबाट अनुसन्धान गर्नका लागि अनुमति दिइन्छ । 

क्यान्सरको क्षेत्रमा पहिलो अनुसन्धान 
नेपालमा क्यान्सरले भयावह रूप लिइरहेको छ । क्यान्सर रोगीको अवस्थाबारे हस्पिटलभित्र रहेर अनुसन्धान गरे पनि ‘जनसङ्ख्यामा आधारित क्यान्सर दर्ता प्रणाली’अन्तर्गत नेपालमा अनुसन्धान भएको छैन ।
 जनसङ्ख्याको आधारमा नेपालमा कतिलाई क्यान्सर छ ? कसलाई र कुन एरियामा छ भन्ने कुराको तथ्याङ्क हामी निकाल्ने तयारीमा छौँ ।
 सन् २०१८ देखि क्यान्सर रोगीहरूको तथ्याङ्क सङ्कलनका लागि हाम्रो टिम लागिपरेको छ । काठमाडाैमा सुरु गरिसकेका छौँ । नेपालमा भएका विभिन्न अस्पतालको डाटा आउनेक्रम जारी रहेको छ । त्यो डाटाले मात्रै नपुग्ने भएको हुँदा अब स्थानीय सरकारको स्वास्थ्य क्षेत्र हेर्ने व्यक्तिसँग सहकार्य गरेर काम अगाडि बढाउँदै छाै‌ । 

 क्यान्सर रोगीको तथ्याङ्क स्थानीय सरकारको हेल्थ कोडिनेटरमार्फत स्वास्थ्य अनुसन्धान परिषदमा उपलब्ध गराउनको लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई आधिकारी पत्र पठाइसकेका छौँ । 

स्थानीय सरकारसँग सहकार्य गरेको ६ महिनामा नेपालमा क्यान्सरको बारेमा रिपोर्ट आउने छ । हामीले जनसङ्ख्याको आधारमा क्यान्सरबारे पहिलो पटक अनुसन्धान सुरु गरिएको हो । हस्पिटलबेस क्यान्सर रोगीको अनुसन्धान पहिला नै गरे पनि पपुलेसनबेस अर्थात ‘जनसङ्ख्यामा आधारित क्यान्सर दर्ता प्रणाली’ अनुसन्धान भने पहिलो पकट गरिएको हो । तत्काल अनुसन्धानको लागि १५ जनाको टिम लागेको छ । 

हामीलाई स्थानीय सरकारले पनि सहयोग गर्ने भएको हुँदा धेरै जनशक्ति आवश्यक पर्छ, जस्तो हामीलाई लाग्दैन । अनुसन्धानको पाटोमा आर्थिक रूपमा पनि सरकारबाट रामो सहयोग भएकाले काममा कुनै पनि कठिनाइ भएको छैन ।

नेपाल सरकारले नयाँ विषयको अनुसन्धान गर्नुपरेको खण्डमा पनि रिसर्च काउन्सिललाई जिम्मा दिँदै आइरहेको छ । 
नेपालमा अब यो विषयमा अनुसन्धान गर्न सक्ने व्यक्ति छैन भन्दै कामबाट हात झिक्ने अवस्थामा हामी छैनौँ । जस्तो सुकै विषयमा पनि अनुसन्धान गरेर तोकेको समयमा सरकारलाई रिपोर्ट बुझाउन सक्ने जनशक्ति नेपालमै रहेको  छ । अब यो विषयमा अनुसन्धान गर्न नसक्ने हो कि भनेर सरकारले मन खुम्च्याउनुपर्ने अवस्था छैन । हामीलाई अनुसन्धानको विषयमा दिएको जुनसुकै जिम्मेवारीलाई पूरा गर्न सक्ने अवस्थामा रिसर्चको टिम रहेको छ । 

‘सिकल सेल एनिमिया’को रिसर्च 
सरकारले केही ठूला प्रोजेक्टहरू हामीलाई अनुसन्धान गर्न निर्देशन भएको छ । नेपाल सरकारलाई चाहिने नीतिका लागि आवश्यक अनुसन्धान पनि हामी जुटाउने छौँ  । अहिले नेपाल सरकारले ‘सिकल सेल एनिमिया’ अर्थात रक्त कोषसम्बन्धी रोग थारु समुदायमा मात्रै बढी देखिने भन्ने कुरा आएका कारण सरकारको निर्देशन अनुसार नै अहिले बाँके जिल्लाको बर्दियामा २० हजार जनसङ्ख्यामा सिकल सेल एनिमिया प्रोजेक्ट सुरु गरिसकेका छौं । त्यहाँका १५ सय जनाको रगत परीक्षणका लागि वीर अस्पतालमा पठाइसकेका छौँ । किन थारु समुदायमा मात्रै सिकलसेल एनिमिनिया हुन्छ ? कस्तो किसिमको समस्याहरू छन् ? भन्ने बारेमा परीक्षण पछि थाहा हुने छ ।  

नसर्ने रोगको विषयमा पनि अनुसन्धान गरिने काम अगाडि बढिरहेको छ । जेठ १५ सम्ममा तथ्याङ्क सङ्कलनका काम सकिने र त्यसपछि रिपोर्ट निकाल्दैछाँै । 
हामीले तत्काल गरेको ठूला कामहरू यिनै हुन् । अरू कामहरूमा आवश्यक पर्ने स्कुल हेल्थ, जनवायु परिवर्तनबाट मानव स्वास्थ्यमा पर्ने असरको विषयमा पछि अनुसन्धान गरिने छ ।

अब गरिने अनुसन्धान 
पहिला नेपालमा सर्ने रोगको समस्या थियो भने अहिले नसर्ने रोगको ठूलो समस्या छ । अहिले पनि सर्ने रोग नभएको होइन तर त्योभन्दा बढी नसर्ने रोग नै देखिएको छ । ब्लड प्रेसर, मधुमेह, किड्नीमा देखिने समस्या, क्यान्सर यी सबै कुरामा फोकस गर्दै अनुसन्धान अगाडि बढाएका छौँ ।  हामीले सङ्कलन गरेको नमुनाहरूलाई स्टोर गर्ने अवस्था नभएको हुँदा बायो बैङ्किङको सेवा पनि सुरु गर्दैछौं । बायो बैङ्किङ सेवा भएको खण्डमा भोलिका दिनमा अनुसन्धानकर्ताहरूले त्यहाँबाट पनि अनुसन्धान गर्न सकिने छ । 

अनुसन्धानका लागि चासोको विषय 
स्वास्थ्य अनुसन्धान परिषदमा आएको प्रस्तावलाई हेर्दा नेपालमा भूकम्पपछि मानिसमा परेको प्रभाव, त्यसका लागि कपालबाट गरिने अनुसन्धान भइरहेको छ  । क्यान्सर, पब्लिक हेल्थमा परेको समस्या लगायतको विषयलाई अनुसन्धानको चासोका रूपमा हेरिएको छ । अनुसन्धानका लागि प्रस्ताव आएकामध्ये अधिकांश आवश्यक क्षेत्रको विषयमा नै अनुसन्धानको बारेमा चासो राखिनुपर्ने विषय नै आइरहेका छन् ।

अबका दिनमा पोलिसलाई प्राथमिकताको साथमा हेरिरहेका छाँै । रिसर्चका लागि संरचना निर्माण गर्न धेरै खर्च लाग्ने भएको हुँदा नेपालमा रहेका ठूला स्वास्थ्य संस्था, कलेज, विश्वविद्यालयमा अन्तत्र्रिmया गरेर रिसर्चमा कसरी आकर्षण गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्ने तयारीमा छौँ । अन्तत्र्रिmया अबको १५ दिनभित्रमा हुने छ । 
 

७ वटै प्रदेशमा तालिम 
अनुसन्धानको पाटोमा अहिले हरेक कुराको बारेमा जानकारी तथा तालिम काठमाडौँ केन्द्रित भइरहेको छ । अब भने सबै प्रदेशमा तालिम सञ्चालन गरिने छ । अनुसन्धानका लागि काठमाडौ नै बस्नु पर्छ भन्ने छैन, काठमाडौँ बाहिर बसेर पनि अनुसन्धान गर्न सकिन्छ । यसका लागि हामीले सबै प्रदेशमा तालिम र आवश्यक जानकारी दिने काम गरिरहेका छौँ । हाल नेपालगञ्ज, सुर्खेत, पोखरा, चितवनमा तालिम सम्पन्न गरिसकेका छाैं । अनुसन्धानको विषयमा युवा पिढीहरूले धेरैले चासो देखाएका थिए । 

अबको तयारी
बायो बैङ्किङ सेवा सुरु गर्ने, क्षमताको विकास कार्यक्रम सञ्चालन गर्ने, जलवायु परिवर्तन, लामखुट्टे पहाडतिर सर्नु अथवा तराईका रोगहरू पहाडमा पनि देखिनु, टेम्पेचरमा आइरहेको परिवर्तन लगायत विषयमा अनुसन्धान गर्ने तयारी भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनको नियमअनुसार प्रत्येक ५ वर्षमा नसर्ने रोगको अनुसन्धान गर्नुपर्ने हुन्छ । सन् २०१३ मा पनि अनुसन्धान भएको थियो, अहिले पनि गर्दैछौँ ।
गर्भवती महिलाको मुत्युदर, जन्मेको शिशुको मुत्युदर, नेपालीको औषधि, आयु जस्ता विषयमा परिवर्तन आएका छन् । यी परिवर्तनहरू पनि नेपालको अनुसन्धानपछि आएका हुन् । प्रतक्ष रूपमा नदेखिए पनि अप्रतक्ष रूपमा अनुसन्धानको कुरा जोडिएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा गरिएको अनुसन्धानलाई सेवामा पनि कार्यान्वायन गरिएको कारण स्वास्थ्य क्षेत्रमा टेवा पुगिरहेको छ । 

फ्याक्ट भन्न नसके पनि नदेखिने तरिकाबाट अनुसन्धानको पाटोलाई पनि सरकारले समेट्दै आइरहेको छ । केही समयअघिको कुरा गर्ने हो भने  गाउँघरमा गर्भवती महिलाको मुत्यु हुँदा कुनै पनि कारण पत्ता लाग्दैन थियो । तर अहिले बिरामी परेपछि सबै नागरिक स्वास्थ्य संस्था जान्छन् । मेरो परिवारको यो रोगको कारण मुत्यु भएको हो भन्ने कुरा पत्ता लगाउन सक्छन् । यो नै अनुसन्धानको उपलब्धि हो । यो परिवर्तन हामीले चाहेको जसरी सन्तुष्ट हुने गरी त भएको छैन । तर  यसमा हामी निकै अगाडि चाहिँ बढेको छौँ ।

हामी आर्थिक रूपमा सबल नभएको हुनाले विश्वमा भएको अनुसन्धानलाई  नेपालमा कसरी ढाल्न सकिन्छ, यसबाट हामीले के फाइदा लिन सक्छौँ भन्ने विषयमा हामी अगाडि बढेका छौँ । तर अन्य देश जसरी हरेक कुरामा अगाडि बढ्न नसकेका कारण नेपालको अनुसन्धानबाट अन्य देशले जस लिँदै आइरेका छन् ।  हामीकहाँ भएको आविष्कार नेपालमै रहनुपर्ने र हामीबाट नै आविष्कारलाई विश्वमा चिनाउने हाम्रो चाहाना हो । तर त्यसको लागि इन्टलेक्चुअल प्रोपर्टी राइटस् चाहिन्छ । त्यसका लागि हामी अहिले ड्राफ्टको तयारी गर्दै छौँ । यो भएको खण्डमा अन्तराष्ट्रिय रूपमा पनि फाइदा पुग्ने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप