खोलामा तैरिरहेको भेटियो बालकको शव
बिहीबार, २७ वैशाख २०७५, ११ : ५२
गौशाला । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा अवस्थित रातु खोलामा तैरिरहेको अवस्थामा आज बिहान एक बालकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार एकडारा गाउँपालिका–६ बगेया बस्ने किरित दासका छोरा अन्दाजी ९ वर्षीय रोशन दासको शव आज बिहान रातु खोलामा तैरिरहेको अवस्थामा भेटिएको हो ।
परिवारजनका अनुसार बुधबार साँझ तीनजना साथीसँग खेल्दाखेल्दै नदीमा नुहाउन गएका बालक दास सोही नदीले बगाएर बेपत्ता भएका थिए ।
नदीले बगाएर बेपत्ता भएका बालकलाई आफन्त, प्रहरी, नेपाली सेनालगायतले रातभरि नदीको विभिन्न भागमा खोजतलास गरेपनि उनी फेला परेका थिएनन् ।
तर आज बिहान उनी बेपत्ता भएकै स्थानमा नदीभित्र रहेको खाल्डोबाट पानीमाथि तैरिरहेको अवस्थामा फेला परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर
-
कर्णालीमा समाजवादीले मुख्यमन्त्रीलाई मत दिने