बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथको फेदीमा थकाली होमस्टे

बिहीबार, २७ वैशाख २०७५, ०९ : ०४
बिहीबार, २७ वैशाख २०७५

मुस्ताङ - के तपाँई वर्षात् अघि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईका लागि खुशीको खबर छ – मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे (घरबास) सञ्चालनमा आएको छ । 

प्राकृतिक सौन्दर्य र रमणीय दृष्य, हेर्दै लोभलाग्दो ठिनी गाउँमा घरबास (होमस्टे) मा बस्न र हिमाली संस्कृतिको अध्ययनका लागि पर्यटक आउने गरेका छन् । 

“घरबास पर्यटनले ठिनी गाउँको रहनसहन, वेशभूषा, थकाली भाषा, संस्कृति, परम्परा, चाडपर्व, मेलाजात्राको बारेमा जानकारी तथा देश तथा विदेशमा चिनाउनको लागि सहयोगी बन्दै गएको छ,” – स्थानीय जनमुक्ति क्लबका अध्यक्ष नरेन्द्र थकालीले भने । 

जोमसोम बजारबाट दुई किमीको दूरीमा रहेको ठिनी गाउँमा सञ्चालित घरबास कार्यक्रम प्रचारप्रसार हुनसकेमा यो पर्यटकको महत्वपूर्ण गन्तव्य बन्न सक्ने उनले बताए । 

“आफ्नो संस्कृति जोगाउनु मात्र नभई यसलाई प्रष्फुटन गर्नु पनि जरुरी हुन्छ,” उनले भने, “पर्यटक मात्र नभएर विदेशी राष्ट्रका उच्च अधिकारीको भ्रमण पनि यो क्षेत्रमा हुन थाल्नुले यहाँको पर्यटनलाई अझै उचो बनाउने पक्का पक्की छ ।” 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २९ गते हुन लागेको मुक्तिनाथ भ्रमणसँगै भारतीय पर्यटकका साथै अन्य विदेशी राष्ट्रका पर्यटकको आगमन बढ्ने विश्वास लिइएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप