बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरको पुनर्वासमा एमाले विजयी

आइतबार, २५ असार २०७४, २० : ४६
आइतबार, २५ असार २०७४

कञ्चनपुर– भारतको सीमावती कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको हो । एमालेका जीवनराम थापा ६ हजार ७२ मत प्राप्त गरी विजयी भएका हुन् । 

यस्तै, उपप्रमुखमा पनि एमालेकै शारदा शर्मा विष्ट ६ हजार ५ सय ८८ मत प्राप्त गरी विजयी भएकी छन् । 

मेयरका प्रतिष्पर्धी कांग्रेसका तोयप्रसाद शर्माले ५ हजार ५ सय ५१ मत पाए भने उपमेयरका प्रतिष्पर्धी कांग्रेसकै भुलिया रानाले ५ हजार २ सय ३९ मत प्राप्त गरिन् । 

५७ जना जनप्रतिनिधि मध्ये एमालेका ३२ जना निर्वाचित भएका छन् । कञ्चनपुरको भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली प्रहारबाट कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप