शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँबसपार्कको आकाशे पुलमा ब्राउन सुगरको धन्दा,  ४ जना पक्राउ

बुधबार, २६ वैशाख २०७५, १८ : ०५
बुधबार, २६ वैशाख २०७५

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कस्थित आकाशे पुलमुनीबाट १३.५ ग्राम लागूऔषध ब्राउन सुगर, नगद १ लाख ३० हजार र मोबाइल  ५ थान सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने बर्दिया राजापुर(४ का ३० वर्षीय पंकज पुरी, काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने नुवाकोट बागेश्वरी–५ का १८ वर्षीय प्रदीप लामिछाने, काठमाडौं महानगरपालिका–२६ मित्रनगर बस्ने गोरखा आरूचनौटे–१ का ४७ वर्षीय किरण श्रेष्ठ र काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्क बस्ने बर्दिया मधुबन–५ का २८ वर्षीय थिरबहादुर बस्नेत रहेका छन् ।

उक्त आकाशे पुलमुनी लागूऔषध विक्री वितरण भइरहेको अवस्थामा पक्राउ परेका उनीहरू उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप