साढे ३३ किलो सुन काण्ड: सबैको बयान सकियो, अब के हुन्छ ?
विराटनगर । साढे तेत्तीस किलो सुन तस्करी र सनम शाक्यको हत्याको प्रकरणमा पक्राउमा परेका ३० जनाको बयान आज सकिएको छ ।
सो प्रकरणमा गत बुधबार ६३ जनामाथि जिल्ला प्रहरी कार्यालयद्वारा मुद्धा दर्ता भएकामा पक्राउमा परेका ३० जनाको क्रमिक रुपमा बयान लिने क्रम आज सकिएको हो ।
जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालका अनुसार गत बिहीबारदेखि शुरु भएको बयान लिने कार्य आज सम्पन्न भएको बताए । बुधबार कानून दिवस भएकाले बिहीबारदेखि आरोपीविरुद्ध थुनछेकको बहस शुरु हुने उनले जानकारी गराए ।
यस घटनामा सनम शाक्यको हत्याका आरोपी छ जना र सुन तस्करीका साथै अपहरण तथा शरीर बन्धकलगायत मुद्दामा प्रहरीका अवकाशप्राप्त एक उच्च पदाधिकारी र हाल निलम्बित छ प्रहरी पदाधिकारी गरी सात, एयरलायन्सका कर्मचारी र सुनका व्यापारीमाथि बिहीबारदेखि थुनछेकको बहस शुरु हुनेछ ।
आज एसएसपी दिवेश लोहनी र डिएसपीद्वय प्रजित केसी र सञ्जय राउतको बयान लिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आप्रवासन अधिकारीको गोलीबाट एक जनाको मृत्यु
-
इरानमाथि अमेरिकी आक्रमणपछि बढ्यो कच्चा तेलको मूल्य
-
रुसद्वारा एक सातामै तेस्रोपटक किभमा क्षेप्यास्त्र आक्रमण
-
जेनजी आन्दोलनमा भएको तोडफोडपछि खण्डहर बन्दै सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण