सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

साढे ३३ किलो सुन काण्ड: सबैको बयान सकियो, अब के हुन्छ ?

मङ्गलबार, २५ वैशाख २०७५, २० : ०९
मङ्गलबार, २५ वैशाख २०७५

विराटनगर । साढे तेत्तीस किलो सुन तस्करी र सनम शाक्यको हत्याको प्रकरणमा पक्राउमा परेका ३० जनाको बयान आज सकिएको छ । 

सो प्रकरणमा गत बुधबार ६३ जनामाथि जिल्ला प्रहरी कार्यालयद्वारा मुद्धा दर्ता भएकामा पक्राउमा परेका ३० जनाको क्रमिक रुपमा बयान लिने क्रम आज सकिएको हो । 

जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालका अनुसार गत बिहीबारदेखि शुरु भएको बयान लिने कार्य आज सम्पन्न भएको बताए । बुधबार कानून दिवस भएकाले बिहीबारदेखि आरोपीविरुद्ध थुनछेकको बहस शुरु हुने उनले जानकारी गराए । 

यस घटनामा सनम शाक्यको हत्याका आरोपी छ जना र सुन तस्करीका साथै अपहरण तथा शरीर बन्धकलगायत मुद्दामा प्रहरीका अवकाशप्राप्त एक उच्च पदाधिकारी र हाल निलम्बित छ प्रहरी पदाधिकारी गरी सात, एयरलायन्सका कर्मचारी र सुनका व्यापारीमाथि बिहीबारदेखि थुनछेकको बहस शुरु हुनेछ । 

आज एसएसपी दिवेश लोहनी र डिएसपीद्वय प्रजित केसी र सञ्जय राउतको बयान लिइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप