शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

४४ संघसस्था मिलेर युएर्इमा सयुक्त बुद्द जयन्ती मनाउँदै

मङ्गलबार, २५ वैशाख २०७५, १९ : २४
मङ्गलबार, २५ वैशाख २०७५

बिनोद श्रेष्ठ
युएर्इ– युएर्इमा रहेका करिब ४ दर्जन भन्दा बढि सामाजिक संघसस्था र व्यवसायीहरु मिलेर २५६२ औं सयुक्त बुद्ध जयन्ती मनाउने भएका छन्।

नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा ४४ वटा संघसस्था एवं व्यवसायीहरु मिलेर आउदो मे ११ तारिक दुबर्इ अलकुजमा २५६२ औं सयुक्त बुद्ध जयन्ती मनाउने भएका हुन्।

विदेशमा रहेर पनि शान्तिका अग्रदुत गौतम बुद्धको उपदेशलार्इ संसार भर फैलाउने उदेश्य सहित सबै वर्ग,समुदायबीच एकता र आपसी भाइचाराको सम्बन्धलाई अझै प्रगाढ बनाउन उक्त कार्यक्रम गरिएको आयोजक समितिका संयोजक डेरराज गुरूङ्ले बताए।

उक्त बुद्ध जयन्ती कार्यक्रममा बैद्द लामा गुरुहरुद्धारा बुद्धको पाठपूजा गर्ने, बुद्धको उपदेशहरु प्रचारप्रसार गर्ने भएका छन्। कार्यक्रममा युएर्इमा रहेका स्थानिय राष्ट्रिय स्तरको नेपाली कलाकारहरुको प्रस्तुति रहने छ।भने उनीहरुको कलाको उचित मुल्याङ्कन गरि पारिश्रमिक समेत प्रदान गर्ने आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा नेपालबाट आएका सत्यकृत ब्यान्डको पनि प्रस्तुति रहने भएको छ। प्रस्तुतिको लागि गत शुक्रबार कलाकारहरु युएई आइसकेका छन्।

आबुधावीमा पनि बुद्द जयन्ती मनार्इदै
अन्तराष्ट्रिय कलाकार समाज (र्इनास)  को आयोजनामा युएर्इको अबुधावी स्थित मलयाली हलमा पनि बुद्द जयन्ती मनाउने भएको छ। 

मे ११ मा हुन लागेको उक्त कार्यक्रममा गायक अनिल शिह र गायीका अमृता साम्बाहाम्फेको प्रस्तुति रहने आयोजकले जनाएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप