बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशको कमाइले स्वदेशको विद्यालयलाई सहयोग

मङ्गलबार, २५ वैशाख २०७५, १२ : ४३
मङ्गलबार, २५ वैशाख २०७५

पोखरा– जन्मभूमि त्यागेर विदेशलाई कर्मथलो बनाउँदै आएका एक युवकले यहाँको सामुदायिक विद्यालयलाई ६ लाख सहयोग गरेका छन् ।  पोखरा लेखनाथ महानगरपालिका वडा नं १ स्थायी घर भई हाल बेलायतमा बस्दै आउनुभएका सूर्य गुरुङले माछापुच्छ्रे गाउँपालिका भिडाबारीमा सञ्चालित बराह माध्यमिक विद्यालयको शैक्षिक गुणस्तरका लागि सो रकम उपलब्ध गराएका हुन् । 

विद्यालयमा आज आयोजित एक कार्यक्रमा दाता सूर्य गुरुङकी आमा कुमारी गुरुङ, बहिनी लक्ष्मी गुरुङ, दाजु तेजबहादुर गुरुङ र भाउजू बेनीकुमारी गुरुङले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक नरबहादुर गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । 

सिटिइभिटीबाट स्वीकृत प्राप्त कृषितर्फको सम्पूर्ण अध्ययन अध्यापन भइरहेको सो विद्यालयमा शिशु तहदेखि कक्षा १२ सम्म हाल ३७० विद्यार्थी अध्ययरत रहेको प्रअ गुरुङले जानकारी दिए । 

यसअघि उनले गोरखा जिल्लामा भूकम्पबाट क्षति पुगेको जनजागृति मावि, कास्की धलेलस्थित बमबहादुर घले आधारभूत विद्यालय, पोखरा १६ स्थित अर्मलाको अन्नपूर्ण माध्यमिक विद्यालय निर्माण र पुस्तकालय स्तरोन्नतिका साथै पोखरा रंगशालाको पर्खाल निर्माणका लागिसमेत बेलायतबाट रु ५० लाख संकलन गरेर सहयोग उपलब्ध गराएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप