बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक पारित

सोमबार, २४ वैशाख २०७५, २० : ५५
सोमबार, २४ वैशाख २०७५

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक २०७५ सर्वसम्मत पारित गरेको छ । 

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहित स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक पारित गरियोस् प्रस्ताव राखेका थिए ।  

विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य मायानाथ अधिकारी, मणिभद्र शर्मा, गायत्री गुरुङ, कृष्ण थापा र हरिशरण आचार्यले भाग लिँदै विधेयकले कार्य सञ्चालन व्यवस्थित एवम् प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिलामन्त्री चुमानले विधेयकले स्थानीय तहलाई गतिशील बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

अधिवेशन अन्त्य 

प्रदेश नं ४ को चालु अधिवेशन अन्त्य भएको छ । बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेश प्रमुख बाबुराम कुँवरले आजै राति १२।०० बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका व्यहोराको पत्र पढेर सुनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप