बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन क्षेत्रको विकासका लागि मन्त्रीको प्रतिबद्धता

सोमबार, २४ वैशाख २०७५, १७ : ०८
सोमबार, २४ वैशाख २०७५

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री अधिकारीले आर्थिक गतिलाई बढवा दिनेगरी सरकारले पर्यटन क्षेत्रको विकास गर्ने योजना पनि अघि सारेका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘नेपाली रैथाने खानाहरुको अन्तराष्ट्रियकरण अभियान’ को शुभारम्भ गर्दै उनले सरकार आर्थिक गतिविधि बढाउने खालका खानाको परिकारलाई अन्तराष्ट्रिय स्तरमा प्रबद्र्धन गर्न लागिपर्ने पनि दाबी गरे ।

उनले नेपाली खानालाई विश्वव्यापी बनाउन सरकारले विदेशस्थित नेपाली दुतावास, गैर आवासीय नेपालीसँग मार्फत् पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा नेपाली रैथाने खानाका परिकारहरु प्रर्दशन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप