बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जब मृत भनिएका बालक अङ्गदान गर्न लाग्दा ब्युझिए

सोमबार, २४ वैशाख २०७५, १६ : २६
सोमबार, २४ वैशाख २०७५

काठमाडौँ । ट्रन्टन म्याकिन्लेले सबै विषमातलाई चुनौति दिए । 

बालुवामा चलाइने ठूलो चक्का भएको गाडीबाट लडेर उनको ब्रेन डेड भयो । लामो समय स्थितिमा सुधार नभएपछि उनको अभिभावकले उनको अङ्ग दान गर्ने कठिन निर्णय गरे । तर जब अङ्गदानको कागजातमा हस्ताक्षेर गरेपछि आश्चर्यजनक रुपमा म्याकिन्लेको होस फर्कियो ।

यो घटना दुई महिना अघि भएको थियो जब म्याककिन्ले अलाबामास्थित आफ्नो साथीको घरमा खेलिरहेका थिए । त्यो समयमा म्याकिन्ले उनको साथीले चलाइरहेको बालुवामा चलाइने ठूलो चक्का भएको गाडीपछाडी जोडिएको ट्रेलरमा बसिरहेका थिए । अचानक उनले साथीले गाडीको ब्र्रेक लगाए जसको कारण ट्रेलर पल्टियो ।

“म प्लास्टर गरेको जमिनमा पछारिएँ र ट्रेलर मेरो टाउकोमा बज्रियो ।” म्याक्निले भने ,“त्यसपछि के भयो म केही पनि सम्झिदिन ।”

उनकी आमा जेनिफर रेइण्डिलले पत्रकारहरुसँग कुरा गर्दै आफूहरु म्याकिन्लेलाई भर्ना गरिराखेको युएसए मेडिकल सेन्टरमा पुग्दा उनको छोरालाई पन्ध्र मिनेटअघि ब्रेन डेड घोषित गरिएको थियो ।

“त्यहाँ मैले स्ट्रेचरबाट तल लत्रिरहेको खुट्टा देखेँ,” उनले भनिन् । उनी अस्पताल पुगेपछि डाक्टरहरुले उनलाई दुःखद अवस्थाको लागि तयार रहनको लागि भनेका थिए । 

“अब उसको होस आयो भने पनि अब कहिल्यै पहिलेजस्तो सामान्य नहुने बताएका थिए । डाक्टरहरुले उसको दिमागमा अक्सिडेसनको समस्याको कारण प्यारालाइस हुन सक्ने बताएका थिए,” उनले भनिन् ।

केही दिन ब्रेन डेड अवस्थामा रहेपछि म्याकिन्लेको अभिभावकले उनको अङ्गसँग मिलेको पाँचजना अन्य बालबच्चाहरुलाई अङ्ग दान गर्ने निर्णय गरे ।

“डाक्टरहरुले पुनः उसको मुटु रोकियो भने तिनले उसलाई मर्न दिनुपर्छ भने ...त्यो शनिबार थियो...अथवा पाँच जनाको ज्यान बचाउनको लागि मैले उसको अङ्गदान गर्ने कागजातमा हस्ताक्षर गर्न सक्थे...र सोमाबारसम्म तिनले उसलाई एड्रेनालिन दिइरहन्थे...त्यसैले मैले हस्ताक्षर गरेँ ।” रेइण्डिलले उसको उपचारको लागि पैसा उठाउने उद्देश्यले खोलिएको फेसबुक पेजमा लेखेकी छिन् । “उसको आँखा एकदमै कालो र सुख्खा थियो । मलाई लाग्छ यो अवस्थामा पाउँदा उसले पनि पाँच मानिसको जीवन बचाउन हिच्किचाउँदैन थियो ।”

“अर्को दिन मलाई फोन आयो...डाक्टरहरुले उसको अन्तिम दिमागी तरङ्ग परिक्षण रद्द गरेछन्...परिक्षणको लागि उनीहरुले तार जोड्ना साथ पहिले उसको हात चलेछ त्यसपछि उसको खुट्टा ...त्यसपछि उनीहरुले उसको आँखा हेरेछन्...त्यो निलो हुँदै आएछ । उसको आखाँ निलो छ...उनीहरुको अगाडी दैवी चमत्कार भएको थियो...र, मेरो बच्चा पूरा एक दिन स्वर्गमा रह्यो...चमत्कारै भयो ।”

म्याककिन्लेलाई लगाइएको कृतिम जीवन दिने संयन्त्र बन्द गर्नु भन्दा एक दिन अघि उसको दिमाग सक्रिय हुन थाल्यो ।

म्याकिन्लेको खप्पर धेरै ठाँउमा चर्केका छन् र हृदयघातका कारणले अक्सिजनको वितरणमा कमी भएको कारणले उसको मृगौला फेल भएको थियो । आज पनि म्याकिन्लेको स्नायु दुख्छ र एक्कासी बेहोस हुन्छन् तर उनले जीवन प्रति आशा हराएका छैनन् ।

उनको तीन पटक दिमागको शल्यक्रिया भइसक्यो र हाल उनको निरन्तर सुधार भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप