यातायात व्यवसायीकाे अर्को अड्कोः दुर्घटना भए घाइतेको उपचार गर्न सक्दैनौं
काठमाडौं– सरकार आक्रामक रुपमा प्रस्तुत भएपछि पूर्वघोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन सहमत भएका यातायात व्यवसायीले अर्को अड्को थापेका छन् ।
यातायात समितिको बैंक खाता सरकारले रोक्दा गरेकाले दुर्घटना भएको अवस्थामा घाइतेको उपचार गर्न सक्ने अवस्थामा नरहेको उनीहरुले बताएका छन् ।
सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले आफूहरुको बैंक खाता रोक्का भएकाले दुर्घटनाका घाइतेको उपचार गराउन नसक्ने बताए ।
‘हाम्रो बैंक खाता रोक्का छ । भएको पैसा त्यही रोकिएकाले दुर्घटनाका घाइतेको उपचार गराउन सक्ने अवस्थामा छैनौं ।’
सो क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बैंक खाता रोकिएको बारेको सम्पूर्ण अधिकार राष्ट्र बैंक र सम्पत्ति सुद्धिकरण अनुसन्धानलाई भएको भन्दै मन्त्रालयले केहि गर्न नसक्ने बताए ।
यातायात व्यवसायीको सबै आन्दोलनका कार्यक्रम फिर्ता, सरकारसँग ५ बुँदे सहमति
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण