बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुख कोइरालाद्वारा अधिवेशन आह्वान

सोमबार, २४ वैशाख २०७५, १५ : १८
सोमबार, २४ वैशाख २०७५

हेटौँडा– प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा कोइरालाले नेपालको संविधान, २०७२ को १८३ धाराको उपदफा १ बमोजिम प्रदेशसभाको अधिवेशन आगामी जेठ १ गते मंगलबार दिउँसो १ बजे हेटौँडामा बैठक बस्ने गरी आह्वान गरेका छन्। 

सो वर्षे अधिवेशनमा आर्थिक वर्ष २०७५/७६ का लागि अनुमानित बजेट प्रस्तुत हुनाका साथै केही सार्वजनिक हितका विधेयकहरु पनि पेश हुने र बजेटको विनियोजित छलफल कार्यक्रम सकिएपछि बजेट पारित हुने लक्ष्य राखिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतकुमार बुढाथोकीले जानकारी दिए। 

उक्त अधिवेशनको समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आवश्यक प्रेस पास एक हप्ताभित्र उपलब्ध गराउन सचिवालयले तयारी गरिरहेको उनले भने ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप