बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा नेपाली भवन बनाउन ६ करोड संकलन

सोमबार, २४ वैशाख २०७५, ०९ : २६
सोमबार, २४ वैशाख २०७५

अमेरिका - क्यालिफोर्निया अमेरिकाको कोलोराडो राज्यमा नेपालीको साझा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले वैशाख १५ गतेदेखि २२ गतेसम्म भएको सप्ताहमा करीब रु छ करोड संकलन भएको छ । सप्ताह वाचन प्रवीण गुरु दीनबन्धु पोखरेलले गरेका थिए । 

नेपाली घरका कोषाध्यक्ष जगदीश ढकालले दिएको जानकारीअनुसार जम्मा पाँच लाख ८१ हजार १७१ डलर ६० सेन्ट्स सहयोग संकलन भएको हो । 

अमेरिकाको विभिन्न भागमा आफ्नो सामुदायिक भवन निर्माण कार्यको अग्रसरता बढेसँगै कोलोराडो निवासी नेपालीले समेत सप्ताहको आयोजना गर्दै रकम संकलन गरी भवन निर्माणको कार्यको शुरुवात गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप