शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्वच्छ र पारदर्शी व्यवसाय गर्न निजी क्षेत्रलाई राष्ट्रपतिको आह्वान

आइतबार, २३ वैशाख २०७५, १८ : ३८
आइतबार, २३ वैशाख २०७५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ र पारदर्शी व्यवसायको निम्ति निजी क्षेत्रलाई आह्वान गरेकी छन् ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा आइतबार राष्ट्रपति भवन शितलनिवासमा गएको चेम्बरको प्र्रतिनिधिमण्डलसँंग राष्ट्रपति भण्डारीले सबैले आआफनो क्षेत्रबाट इमान्दारिता र पारदर्शिता निर्वाह गर्नुपर्ने बताइन् ।

हरेक क्षेत्रमा सञ्चालन गरिएका व्यापार व्यवसायहरुमा पारदर्शिता र स्वच्छताको आवश्यकता रहेको राष्ट्रपति भण्डारीको भनाई थियो । ‘तत्काल आयात गर्नैपर्ने वस्तुहरुको आयातको विकल्प नहोला तर हरेक दिन चुल्होमा पाक्ने सामान्य चिजहरु पनि आयात नै गरिरहने हो भने समृद्विको सपना अधुरै रहन्छ, त्यसैले त्यसतर्फ तपाईंहरु सचेत हुन जरुरी छ’ राष्ट्रपति भण्डारीको आग्रह थियो ।

त्यस्तै निजी क्षेत्र र सरकार सँगसँगै मिलेर अघि बढ्नुपर्नेमा राष्ट्रपतिको जोड थियो ।

भेटमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल चेम्बर अफ कमर्शसँंग आबद्ध देशैभरिका निजी व्यवसायीहरुको तर्फबाट राष्ट्रपतिको दोस्रो कार्यकालका लागि सफलताको शुभकामना दिएका थिए ।

त्यस क्रममा उनले धेरै बर्षपछि नेपालमा स्थिर सरकार निर्माण भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार व्यवसायमा वर्तमान सरकार संवेदनशील देखिएकोले आशाका किरण देखापरेको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप