बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगाका जनप्रतिनिधि एकैठाउँ, १० बुँदे घोषणापत्र जारी

आइतबार, २३ वैशाख २०७५, १८ : २७
आइतबार, २३ वैशाख २०७५

-रामहरि श्रेष्ठ 

ओखलढुंगा । १० बुँदे घोषणापत्र जारी गर्दै ओखलढुंगामा जनप्रतिनिधिहरुको दुई दिने भेला सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको अयोजना शुक्रबार र शनिबार दुई दिन भएको भेलामा जिल्लाबाट निर्वार्चित स्थानिय,प्रदेश तथा संघीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

भेलाले ओखलढुंगाको समृद्धि र विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, यातायात, विद्युत, सञ्चार, बैंक, वनलगायतका विषय केन्द्रमा राखी १० बुँदे घोषणापत्रमा जारी गरेको हो । भेलामा युएसएआईडी र एफएचआई ३६० अन्तर्गत सोच नेपाल र सबल परियोजनाले समन्वय गरेका थिए । 

घोषणापत्र हेर्नुहोस् ।

नेपालको संविधान २०७२ ले नेपाललाई संघीय संरचनामा स्थापित गरि तिनै तहका सरकारहरु समेत सञ्चालनमा आईसकेको वर्तमान अवस्थामा संविधानको मर्मलाई आत्मसाथ गर्दै जिल्लावासीको समृद्धि र विकासको चाहनालाई यथाशाक्य छिटो पुरा गर्ने उद्देश्यले हामी ओखलढुंगा जिल्लाबाट निर्वाचित संघीय सांसद, प्रदेश सांसदहरु, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख एवं वडाध्यक्ष समेतको भेलाले विकासका साझा बुझाई तय गर्नुपर्ने आवश्यकतालाई महसुस गर्दै 

ओखलढुंगा जिल्लाको प्रथम अन्तर तहका जनप्रतिनिधिहरु बीचको अभिमुखिकरण कार्यक्रम २०७५ वैशाख २१ र २२ गतेको निश्कर्ष स्वरुप समग्र जिल्लाको समृद्धि र विकास निर्माणप्रतिको प्रतिबद्धता स्वरुप यो घोषणा पत्र जारी गरिएको छ । 

 १) शिक्षा
नेपाली जनताको आधारभूत आवश्यकताको महत्वपूर्ण पक्ष सवै नेपाली साक्षर हुनुपर्ने, शिक्षा वैज्ञानिक रोजगार मूलक, सर्वसूलभ र सवैको पक्षमा हुनुपर्ने आजको आवश्यकतालाई दृष्टीगत गरी 
– जिल्लाका सबै बालबालिकालाई अनिवार्य विद्यालय पठाउने अभियान सञ्चालन गरिनेछ । 

– सामुदायिक विद्यालयहरुको गुणस्तर बृद्धि गरिने छ  । 

– हाल उच्च मा.वि. सञ्चालन भएको मा.वि.हरुमा क्षमता हेरी विभिन्न प्राविधिक शिक्षालय सञ्चालन गरिनेछ ।

२) स्वास्थ्य 
     – सबै वडामा स्वास्थ्य चौकी स्थापना गरिने छ  । 

     – सातवटै गाउँपालिकामा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र स्थापना गरिनेछ  । 

     – ओखलढुंगा जिल्लामा स्वास्थ्य बिमा लागु गरिनेछ  ।

३ कृषि  
-  कृषि उत्पादनमा जोड दिँदै पकेट, ब्लक र जोन क्षेत्र छुट्याई आधुनिक कृषी प्रणाली मार्फत अगर््यानीक खाद्य उत्पादन गरिने छ  । 

    कृषि उत्पादनलाई प्रोत्साहन गर्ने, निर्वाहमूखि कृषि प्रणालीलाई व्यवसायिकिरण गर्ने । कुन स्थानमा कस्तो वाली उत्पादन हुन्छ सोहि अनुसार योजना वनाउने । समग्र जिल्लामा व्यवसायीक तरकारी खेतिमा थप प्रोत्साहान गरिने छ  । 

    जिल्लाका युवावर्गलाई व्यवसायिक कृषी तर्फ आकर्षित गर्ने विशेष योजना बनाईने छ । 

    ओखलढुंगा जिल्लालाई अर्गानिक खाद्य उत्पादनको केन्द्र बनाईने छ ।

    पशुपालनलाई जिल्ला अभियानकारुपमा विस्तार गर्ने, पशुपालनलाई प्रबद्र्धन गर्न पशुबिमा लागु गरिने छ  ।

४) पर्यटन 

    जिल्लाका हरेक गाउँपालिका वा नगरपालिकाले कम्तिमा एक पर्यटन केन्द्र स्थापना गरी ति सबै पर्यटकिय केन्द्रलाई जोड्ने गरी सडक वा पर्यटक पदमार्ग निर्माण गरिने छ । 

    ककनी, पोकली झरना, सेप्ली झरना, देम्बा, चुली, लगलगे, कोषभञ्ज्याङ्ग, कोटगढी, जन्तरधाप, लिब्जु, थामडाँडा, नर्मदेश्वर महादेव लगायत सम्भावित क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाईने छ । 

    शिरिसे, पोकली, खिजीदेम्बा, जन्तरधाप, ओखलढुंगा पर्यटकीय मार्ग, साँघुटार, ककनी, तीनतले अर्को मार्ग निर्माण गर्दै पत्ताले जन्तरधाप, ओखलढुंगा, लगलगे, जयराम, हलेसी पर्यटकीय मार्ग निर्माण गरिने छ ।

५) यातायात 
    मोलुङ एकवार, लिखु एकवार र दुधकोशी एकवार सडक निर्माण सम्पन्न गरिने छ ।

    साँघुटार ओखलढुंगा, सिलौरीघाट मोटरबाटो कालोपत्रे गरिने छ ।

    नवलपुर कोषहाट ककनी सडक निर्माण संपन्न गरिने छ । 

    शिरिसे पोखरीडाँडा श्रीचौर ओखलढुंगा र खिजिफलाँटे मंगलबारे प्राप्चा रामपूर सडक निर्माण गरिनेछ  ।

    सबै गा.पा. केन्द्र र वडाबीच सडक सञ्जाल विस्तार सम्पन्न गरिने छ ।

६) विद्युत 
    आगामी ५ बर्ष भित्र ७५ वटै वडामा विद्युत विस्तार गरिसक्ने र उज्यालो ओखलढुंगा बनाईने छ । 

     मोलुङ, दुधकोसी, लिखु बाट क्रमशः विद्युत उत्पादन गरिने छ ।

    उर्जा मन्त्रालयको समन्वयमा जिल्लाको कुनै एक जलविद्युत आयोजनामा सबै जिल्लाबासीको लगानी र सहभागीता रहने गरी जनता जलविद्युत आयोजना निर्माण गर्ने । 

७) सञ्चार 
    जिल्लाका सबै स्थानमा टेलिफोन र ईन्टरनेट सेवा पुर्याईने छ । 

    स्थानीय तहलाई मध्यनजर गर्दै सामुदायिक एफ.एम.रेडीयो सञ्चालनमा सहयोग र सञ्चालनमा प्रोत्साहन गरिने छ । 

८) बैँक 
    सबै गाउँपालिकामा बैँक स्थापना स्थापना गरिने छ । 

    राज्यको नीति अनुरुप सहकारी संस्था स्थापना एवं प्रबद्र्धनमा गरिने छ ।

९) वन 
    हरियो वन नेपालको धन भन्ने उक्तीलाई जोड दिँदै वनको संरक्षण उपभोक्ताहरुबाटै गराउने विद्यमान नीतिलाई थप प्रोत्सान गरिने छ । 

    औषधीजन्य जडीबुटी चिराईतो, ठूलोओखती, पाखावेत, पदमचाल, सुनाखरी, खयर, लोक्ता, मछिनो, तितेपाती, जस्ता जडीबुटीहरुको संकलन र संरक्षणमा जोड दिँदै आय आर्जनमा बृद्धि गरिने छ ।

    ओखलढुंगाको गौरबको रुपमा रहेको गौरीवन गुरुयोजना निर्माण गरिने छ ।

    एक व्यक्ति एक फलफूलको बिरुवा रोप्ने अभियान सञ्चालन गर्दै हरियो ओखलढुंगालाई सुनिश्चित गर्दै सिजनल फलफूलमा ५ बर्ष भित्रमा स्वावलम्भि जिल्ला बनाईने छ । 

१०. विविध
    सम्भावित खनिज पदार्थको खानी अन्वेषण सम्वन्धीत निकायसँग समन्वय गरी सञ्चालन गरिने छ ।

    एक गाउँपालिका एक उद्योग सञ्चालनका लागि विशेष पहल गरिने छ  ।

    यस जिल्लालाई सुशासन युक्त र भ्रष्टचारमूक्त जिल्लाको रुपमा स्थापीत गराईने छ । 

    जातिय छुवाछुतलाई हदैसम्मको अमानविय कार्य मान्दै जातिय विभेद र छुवाछुतजस्ता अपराधमुक्त जिल्ला बनाईने छ । 

    जातिय छुवाछुत, लैङ्गिक हिंसामा संलग्न व्यक्ति वा समूहलाई सुविधा बहिष्करण गर्ने व्यवस्था गरिने छ ।

    सिद्धिचरण नगरपालिकालाई नमूना न.पा. बनाउन विशेष कार्यक्रम ल्याईने छ । 

    रुम्जाटारमा नियमित उडान सञ्चालन गर्नुका साथै निर्माणधिन खिजीचण्डेश्वरी एयरपोर्ट निर्माण सन्पन्न गरी सञ्चालन गरिने छ । 

    सूचना प्रविधिको अत्याधिक प्रयोग गरि जिल्लाभरीका सार्वजनिक तथा नीजि संस्थाका सेवा प्रवाहलाई सहज बनाउँदै प्रविधिकै माध्ययमबाट मुल्यांकन तथा नियमन गर्ने व्यवस्था मिलाईने छ । 

    उल्लिखित सम्पुर्ण लक्ष्य प्राप्त गर्न तिनै तहका सरकारले नागरिक समाज, संचार माध्ययम र नीजि क्षेत्रसँग आवश्यकता अनुसार सहकार्य गरिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप