शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सूचना आयोगले मनायो स्थापना दिवस (तस्बिरसहित)

आइतबार, २३ वैशाख २०७५, १६ : ००
आइतबार, २३ वैशाख २०७५

काठमाडौं– राष्ट्रिय सूचना आयोगले विविध कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा आयोगले आइतबार बिहान कार्यालय परिसरमा विशेष कार्यक्रम गरि सूचनाको हकको प्रयोग गर्न सबैलाई आव्हान समेत गर्यो । 

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले आयोगले सूचनाको हक सम्बन्धमा थुप्रै सामाग्रीहरु तयार गरेको उल्लेख गर्दै सबैलाई सूचनाको हकको प्रयोग गर्न आग्रह गरे ।
स्थापना दिवसको अवसरमा बिहान भृकुटीमण्डपबाट सूचनाको हकको प्रयोग गरौ भन्ने सन्देशमुलक व्यानर र प्ले कार्ड सहित प्रभातफेरी निकालिएको थियो ।

आयोगले सूचनाको हक सम्बन्धि ऐन, नियमलाई समसामयिक सुधार गर्नुको साथै स्थानीय तहमा सूचना आयोगको सम्पर्क कार्यालय स्थापना गर्न सरकारलाई सचेत गराउदै आएको छ । 

सूचनाको हक सम्बन्धी ऐनले सार्वजनिक निकायले २० प्रकारका सूचनालाई तीन तीन महिनामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ को उपदफा १ मा नेपाली नागरिकलाई सूचनाको हक हुने र सोही ऐनको दफा ३ को उपदफा २ मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भन्ने व्यवस्था गरेको छ ।आयोगले हालसम्म मन्त्रालय र मातहतका निकायमा सूचना अधिकारी तोक्नुपर्ने लगायत ३ हजार ५ सय १२ वटा आदेशहरु जारी गरेको छ ।

आयोगमा विशेष गरेर ठेक्का पट्टा, आर्थिक हिसाब किताब, स्वास्थ्य लगायत विषयमा सुचना नपाएको भन्दै पुनरावेदन पर्ने गरेका छन् ।

 पुनरावेदनमाथि गरिएका फैसलाहरुमा ९५ दशमलब ५ प्रतिशत कार्यान्वयन भएको दाबी आयोगको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप